Saswot & Amani’s Birthday – ‏असंशा सुरि

sasWe would like to invite you and your family to celebrate Sas’s 15th & Amani’s 11th (inter-mutual) Birthday. We hope you can make it.
Please RSVP by 03-24.
Thank You

Host:     Sujaya & Santosh 845-635-2082

When:   Saturday, March 30 at 2:30 PM

Where:  59 Gleason Blvd, Pleasant Valley, NY 12569  (Home)

Pleasant Valley NY-3-30-2013

 

Categories: Party Blog

25 Comments

  • Rupak Aryal says:

    Santosh, Sujaya Thank you for inviting us , we are looking forward to be there on Saturday March 30th at 2:30 pm sharp…
    SRS

    • Rupak Aryal says:

      इ भाइट बाट निम्तो आयो
      रहेछ जन्म दिन
      सामेल हुन आतुर भै गयो
      गन्दै छु म छिन

      कति जाना आउने हुन
      होला ठुलै दल
      हेर्ने कतै ठाउँ छैन
      रहेछ “हु इज कमिङ” डिसेबल

      रमाइलो त भइ हाल्छ
      साथी भाइको साथ
      कबिता बिनानै निम्तो आयो
      के भयो कबि जी को हात ?

      भोज भत्तेर जमघट को
      हुन्न कुनै रुल
      अब देखि छेड छाड गर्न
      प्रयोग गरौँ “पार्टी ब्लग” टुल

      http://www.sanepa.net/saswot-amanis-birthday-%E2%80%8F%E0%A4%85%E0%A4%B8%E0%A4%82%E0%A4%B6%E0%A4%BE-%E0%A4%B8%E0%A5%81%E0%A4%B0%E0%A4%BF/#comment-97

  • Shai Khanal says:

    आउन लाग्यो मार्चको तिस
    बाबु नानीको जन्म दिनको रमझम!
    तयार हुनु है सबैले
    बजाउनु पर्छ मादल र ड्रम !!

    घर चाही रैछ खुशी उपत्यकामा
    म कहाबाट निकै टाढा !
    भन्नु हुदैन है तेस्तो
    सम्बन्ध भएसी निकै गाढा!!

    जाडो बरु कम नै होला
    तैपनि ल्याम्छम बर्को सिरक र राडी !
    बाटोमा थकाई मार्दै मार्दै
    सुबिधा का साथ् चलाई कालो गाढी !!

    अहिलेलाई अखरिबा!!!

    उही देला व्हेरे हरु

  • Santosh Risal says:

    गयो गयो चिसो हिउँ शिशिर पनि गयो
    आयो आयो बशन्तको बास्ना मिठो आयो
    बार्शै पिछे येहि बेला हाम्लाई साइत् पर्छ
    छोर्छोरीको जन्मदिन्ले सब्लाई नीम्तो गर्छ

    उदेश्य हो यो नीम्ताको मूख्य भेट घाट गर्ने
    छोरा छोरीको मनोकँछ्या उन्कै साथी जुट्ने
    उन्लाई मिलोश् आशीर्बाद, उन्लाई खुशी हाँशो
    हामी पनि साथ दिउँला राख्दै अली चाशो

    नीम्ता गर्ने हाम्रो चलन् थरी थरी हुन्छन
    कुनै नीम्तो खुसुक्क फोनमा, कुनै हल्ला गर्छन्
    यो पाली को नीम्ता चाँही दही चिउरा भाछ
    आउने जती सबै आउँछन जस्ले नीम्ता पाछ

    खुशी लाग्यो जो जो आउन पाउँछु भन्ने लाई
    टाढै बाट आए पनि हाम्रो घरमा मर्छ सब थकाई
    को को आउने के के खाने के को टन्टा भो र?
    आउने मात्रै कस्ट गरिदिउँ, नगारिकन बेर

    खाने पिउने हुन्न है कमी, बरू एउटै कमि होला
    सानो छ है हाम्रो कुटी, नबिर्सिनु सुत्ने झोला
    जे जती छन् झ्याली मादल रातभरी बजाऊला
    यहाँहरु जस्तो हितैशी मित्र हामीले फेरि कहाँ पऊंला??

  • Sunita Aryal says:

    छोरा छोरीको जन्म दिन आयो रे, हेर अनुहार झल्केका
    उनीहरुको नाम गरि हामी सबै भेटघाट गर्न चम्केका

    सधैँ गाउने,नाच्ने, हासखेल रमाइलो गर्ने ” अखलजैरिबा” को बानी
    यो बानी संग प्रतिस्पर्धा गर्ने कोहि छौ कि अप्स्टेटमा नामी

    नेपाली नाच गान साह्रै राम्रो मारुनी, लाखे र झ्यालिंचा
    प्रतिस्पर्धा त सुझाव मात्रै हो नसम्झे है यसलाई च्यालेन्ज

    ” उ स” ले पनि केहि गर्लान भन्ने राखेका छौ आशा
    बेलैमा ध्यान राखे नपारे है हामीलाई निराशा

    सानो कुटीमा यतै कोठा उतै कोठा,बैठक कोठा उठक कोठा हाम्ले सबै देख्या छम
    सुत्ने झोला को के कुरो र टिम्बा सिरकै गाडीको ट्रंकमा हाल्या छम

    के गरौ के ल्याऊ देउन हामीलाई पनि काम सुजि
    एक दुई दिनमा खबर गरे हुन्छ सबैको मनासय बुझी

    लौ त अहिलेलाई यतिनै अरु सबै भेटमा
    काम कुरो झट्ट सकी आउला चार पांग्रे जेटमा

  • Santosh Risal says:

    अहम् अहम्!!
    रमाइलो गर्ने निहुँमा गांठे, कहाँ कहाँ पुगीयो
    कतै घुँडा घसियो त, कतै पलेंटी कसियो
    कहिले घाँटी सुकाउँदै रात भरी कराको
    कहिले होशै गुमाई, आफुलाई नै हराको

    यस्तै रहेछ भेट घाट घाम पनि को मिलन
    सारँगिको रुवाइ संगै मादलुको घीन्ताङ
    स्वोर मीठो कसैको बांसुरि कहिले सुरिलो
    बयान म कती गरुं चिनी साह्रै गुलीयो

    कोही गाउलान् सोरठी कोही गाइने भाकाले
    कोहो गर्लान् खासखूस कोही खान्छन डांकोले
    सबैको आफ्नै ताला छ हाम्रो आर्कै चाला छ
    को भन्दा खोइ को कम् होला नबुझिने यो कला छ

    आशा धेरै गर्दामा हुने हो कि निराशी
    होलान् कोही स्वदेशी, परदेशि र बिदेशी
    ऊदेश्ये खाली एउटै हो गर्ने साथै रमाइलो
    जन्मदिन्को माहोल घाम लागोश घमाइलो

    अखलजैरिबा को मात्र होइन है यो जमघट
    दुइचार् जना तलमथि एकदुइ जना घट्बढ
    तयारी भाई आउनु है चढि टेम्पो ट्रेक्टर
    साथ मिलोश सबैको मरिलानु नै के छ र??

  • Rupak Aryal says:

    आयो आयो जन्मेको दिन नजिक आयो
    गायो गायो कोइलीले ह्याप्पी बर्थडे गायो
    फाल्यो फाल्यो पुरानो बर्ष लाइ फाल्यो
    थाल्यो थाल्यो फेरि कबिता फुर्न थाल्यो

    जमाउँ जमाउँ यो जन्म दिनलाइ जमाउँ
    रमाउँ रमाउँ हाँस खेलमा रमाउँ
    रमाइलो गर्न जहिले पनि
    अखरिस बाउ लाइ नै समाउँ

    जन्मेको दिन होस् बा, हुर्केको छिन
    अखरिस बाउ लाइ लाग्दैन ऋण
    उसलाई कसैले हर्दैन
    रमाइलो गर्न पछि सर्दैन

    आखीर को हो त्यो
    अखरिस बाउ
    यसलाई लम्बाउँदै लाने
    अरु कोइ छौ

  • Shai Khanal says:

    जन्म है दिनमा आउने दिन त्रितिया रहेछ
    मछिन्द्र नाथको आशिर्बाद मिल्छ नाला यात्रा परेछ

    ईभाइटको जवाफ ढिला भो साथि आजै पो गरिएछ
    के गर्नु गाँठे नेपाली भैयो बानि काँ सम्प्रिन्छ

    देलावरबाट के ल्याउनु पर्छ नलजाई भन्नु ल
    लोला चै छैन आबिर्नि छैन त्यो चाही नभन्नु ल

    सात दिन पछि भेट्दा है हाम्ले फागु चाही सिद्धिन्छ
    त्यो चाहाड सम्झी अर्को है हप्ता गीत है गाइञ्छ

    हवस् त आज लाइ येति मात्र
    शुभ रात्री

  • Sunita Ojha says:

    यो अखरिबा शिर उचाली इस्टकोस्टमा चम्कन्छ
    जन्म दिनको मैनबत्ति बाल्न पकेप्सी तिर लम्कन्छ
    चाहे परोस हिंउ पानी यो अखरिबा रुक्दैन
    चाहे थाकोस अरुकोही यो अखरिबा थाक्दैन
    आफ्नै कार को बत्ति बालि पकेप्सी तिर लम्कन्छ

  • admin says:

    नाला यात्रामा कस्ले बस्ला
    भगबान जी को ब्रत
    हामिलाइत भए पुग्छ
    प्यालामा सर्बत

    काला र राता घोप्टा मुहार
    रहेछ मक्षिन्द्र को
    प्याला मा मात्रा पुराउन
    सर्बतको बलिंद्र भो
    भन्ने गुनासो रहेको थियो
    घर पट्टी घरेन्द्र को

    आसिर्बाद जति लाल बाल लाइ
    हामीलाई देउ सितन
    हतारै भैसक्यो अबत
    अखरिस बाउ लै भेटन

    भेट घाट मा रोइला
    आगन्तुकलाई छोइला
    दोहोरि पनि चाहिन्छ
    तेसै कता पाइन्छ
    हेर्न लाइ गइन्छ
    झ्यालेन्चा को च्यालेन्ज

  • santosh risal (srisal@msn.com) 10:09 PM says:

    अखरिबा लाई चेतावनी।।।।।।।।

    बस्ने होइन, उठेर नै, नाच्ने हाम्रो बानी हुन्छ
    नाच्दा नाच्दै थाकें भन्ने त, त्यो त सानो नानी हुन्छ
    बस्ने होइन उठेर नाच, गोडा होइन कम्मर भाँच
    अनि बल्ल “अखरिबा” हुन्छ, “अखरिबा” अनि खरिन्छ।

  • Rupak Aryal says:

    निम्तो लाइ दर्साउन
    थरि थरि को इमेल देखें
    इभाइट को उत्तर दिन
    मैले यस्तो जबाफ लेखें

    एकजाना त पहिलेनै गयो
    दुइजना पछि आउँला
    निम्तो ले त ब्यापक रुप लियो
    बसेरै छलफल गरौंला

    ढोलक ट्याम्के, दमाहा, मादल
    हामि त बसेर सुन्नी
    इभाइट को जबाफ तपाइंले
    कस्तो लेख्नु भयो कुन्नि

  • santosh risal says:

    तिथी मिती हेर्ने काम पन्डितजी लाई दिएँ
    घरको नक्सा कोर्ने पेशा मैले जानी लिएँ
    हजुरबालाई पन्डित भन्थे मास्टर् भये पनि
    पूरेत बाजे पात्रो हेर्थे दुनाको पैसा गनि

    जहिले सबैजना जुट्छन् तेहि दिन हो साइत
    पुरुष जति ससुराली लागे महिला जति माइत
    दुई दिन को जिन्दगीमा के को फाइँ फुइँ
    हाँसी खुशी गरुँ मज्जा, तताउंला म भुइँ

    कुरो काम छोडेर म कता तिर लागें?
    एउटा कुरो लेख्छु भन्छु अर्कै तिर भागेँ
    खासै कुरो केही होइन सबको भाका सुन्दा
    के के ल्याम, के के गरम भन्ने मन बुझ्दा

    लिस्ट लामो के के बनाम काम धेरै छ है
    देख्दा मन आत्तिएला, “ओहो” नभनम् है
    जे जे पर्ला सोहि टर्ला पहिला दर्शन पाऊँ
    आए पछी फुर्सद् हुन्न भागेर चैँ नजाउं

    मोही माग्नै परे पछी दुँग्रो के लुकाउनु
    अफुलाई मन लागे जति सबै कुरो ल्याउनु
    दल्लाबारी बाट आउँदा मुरली नछुटाउनु
    जर्शी वालाहरु सबै पन्चै बाजा बोकी ल्याउनु

    आए पछी के के गर्ने बिचार गरि आउनु
    कार्यक्रम आँफै बनी हाल्छ दिल खोलेर आउनु
    दक्षिण तिरको सुमधुर बास्ना बोकी ल्याउनु
    मुख्मा हाँसो मन्मा हर्श हामी सबमा छाउनु

    समयको तर्जुमा;
    २:३०-३:३० : जम्मा-जम्मी, हाइ, हेल्लो, नमस्ते, के छ, सञ्चै, उठ-बश्, पलेंटी, लम्पसार………..
    ३:३०-४:३० : तातो-चिसो, सार्हो-गीलो, खट्टा-मीठो , पीरो, आहा, सुरुप्प, रम्-रम …………..
    ४:३०-५:३० : बालक देखी युबा सबैको खेल कुद, हाँस्-खेल, गाना-बजाना, दौडा-दौड, भागम्-भाग् ………..
    ५:३०-८:०० : केटा-केटी युबा जाती – सिनेमा (घरैमा) /// बएस्क-बुढा, बुढी-तरुनी – संगीतिक् माहोल को तयारी – जोड तोद का साथ ……….
    ८:००-९:०० : केक को कटाइ अनि माम् खुवाइ (बेलुकाको खाना)
    ९:००- समयले साथ दिये सम्म , संगीतिक् माहोल जारी …………….

    – उही माथलाघरे

  • santosh risal says:

    वोहो बिहानको एक बजेछ समय गएको पत्तै भएन
    यो बनाउ त्यो बनाउ, बनाउदा बनाउदै शरीर गलेन
    सबै अगन्तुकको मुहार सम्झेर मिठो मिठो खुवाउने जाँगर् चल्दैछ
    जति जति गिलासको रस घटेपनि अगेनाको आगो अझै जल्दैछ

    मेरो एउटै सिधान्त ताजा – “मरे पछी लानु नै छ के र”
    येति गरि तयार भएका छौं हामी यो ढोकामा न होस् है बेर
    हाम्रो आँखां जतिखेर पनि झ्याल बाट हेर्दै बाहिर फेरी बाहिर
    आशा छ येहांको पाउ पनि धर्मर चलोश अगाढी गाडीको टाएर

  • Rupak Aryal says:

    श्रीमती बिहानै पसल खोल्न हिंडी
    मत बसेकोछु घरमा
    कुर्दै पकेब्सी जान बाटो पर्ने
    साथी को भरमा

    जाँगर चलाए पनि
    रस चाहिं नघटाउ
    आगो दन्काए पनि
    सबै न थन्काउ

    ढिलो चांडो हामी
    बाटो मा आउँदैछम
    सबै मिलि पार्नु पर्छ
    झ्याम झ्याम

  • Rupak Aryal says:

    खानेको पनि जय होस
    खुवाउने को पनि जय होस
    गाउने को पनि जय होस
    नाच्ने को पनि जय होस
    हाँस्ने को पनि जय होस
    बस्ने को पनि जय होस

    हाम्रो जमघट अजय होस
    अनि यो फोटो तथा भिडियो अमर रहोस

    http://www.sanepa.net/saswot-amanis-birthday-%E2%80%8F%E0%A4%85%E0%A4%B8%E0%A4%82%E0%A4%B6%E0%A4%BE-%E0%A4%B8%E0%A5%81%E0%A4%B0%E0%A4%BF/

  • Satrughan Bastola says:

    Santosh babu and Sujaya, we had a great time at your house. Many blessings to sas and Amani. I personally felt solace and ananda that evening and was excited to meet new faces..thank you..bhinaju

  • Sujaya & Santosh says:

    Saswot & Amani’s Birthday

    Thank You all for being there at Sas & Amani’s B-day. Thank You for your wonderful gifts as well as your kind blessings. Your presence was really appreciated and we hope you had a pleasant time. It became a memorable event because of you all.
    Thank You Santosh & Sujaya w/ Sas & Amani

  • Shai Khanal says:

    प्रिय मित्र सन्तोष, सुजया भाउजु, सास्वोत, अमानी तथा नन्द दाई,
    नमस्कार!

    सास्वोत र अमानिको जन्मोत्सवको कार्यक्रममा उपस्थिति हुन पाउदा म तथा मेरो परिवार सबै हर्षले बिवोर भएका छौ’. तेता तिरको यात्रा लामै भएपनि तिमीहरु लगायत अरु मित्रहरु र नयाँ साथिहरुलाई पनि भेट भएपछी त्यो थकाई भुसुक्कै बिर्सियेछ. जे होस् आचाक्ली रमाइलो भयो.

    शान्त घरमा अझ शान्ति मिलोस, भगवानको आशिर्बाद सदा रहिरहोस. फलोस फुलोस (कपाल चाही होइन), नन्द दाईलाई जस्तै निन्द्रा लागोस.

    उही मित्र तथा परिवार
    शैलेन्द्र
    शोभु
    प्रज्ञान र
    प्रग्यात

  • Shai Khanal says:

    नमस्कार रुपकजी,
    विड़ेओ हेरियो . खिच्ने लाई पनि धन्यवाद , घोप्त्याउने लाई पनि धन्यबाद . तपाइको सानेपा डट नेट मा घोप्त्याउने काम सह्रानीय छ . धेरै धन्यबाद .

    शैलेन्द्र

  • Santosh Risal says:

    हुनु सम्म भयो!!

    दु:ख गरी टाढा बाट जो जो आउनु भयो
    हाम्रो निम्ता स्विकार गर्न बाटो धाउनु भयो
    खुशीको कुनै सीमा छैन के पो बिन्ती गरौं
    के ले नापौं यो हर्श लाई बयान म के गरौं.

    आउनु भयो बस्नु भयो रमाइलो अति भयो
    केटाकेटिलाई आशीक अनि सौगात दिनु भयो
    कहिले बस्दै कहिले उठ्दै कुरा लामै गरियो
    खाना पीना कस्तो भयो, शायद पेट् त भरियो?

    यस्तै रहेछ दुई दिन्को जिन्दगानी हाम्रो
    भेट घाट हाँशी खुशी सम्बन्ध सधैं राम्रो
    यस्तै माहोल सधैं रहोश दीर्घायु होश् प्राण
    सदा गरुन् भगवानले हामी सबैको कल्याण

  • Harry says:

    Dubai lai janmadin ko shuvakamna dhilai vaye pani.

    Harry n Prava

  • Sunita Aryal says:

    रिसाल परिबारको घरमा साह्रै रमाइलो भाको
    पूर्व बाट ढाड सेक्ने रापिलो घाम कोठामा आको
    पछाडी जंगल ठुलै रहिछ झन्डै बाघले खाको
    साह्रै तर्सिएर कलाकारको गलाबाट स्वोर नै नआको
    रातभरी भगवानको नाम मनमनै उहाहरुले लिनु भाको
    बिहानै झुल्के घाममा मेख मर्ने गरि भजन र लोक गीत गाको
    ब्रेकफास्ट पछि, तामा-आलु भुजा लन्च साह्रै मिठो भाको
    रिसाल परिबारलाई यसै कविता मार्फत धन्यवाद दिने मौका हामीले पाको

  • Shai lendra Khanal says:

    This poem hit the market. Thanks Dr. Sab.

  • Sunita Aryal says:

    सैलेन्द्र जी

    मेरो कविता मन पराई दिनु भएको मा धेरै धन्यबाद छ।
    न्यु योर्क नजिग भए पछि कविता लेखने अभ्यास त गर्नै पर्यो नि ???

    सुनिता

Leave a Reply to Shai lendra Khanal Cancel reply