अखल जैरि बा

akhalajairibaaHi friends and family,
We’re so excited to have you all for a dinner party bash at our house on Sat 16th Feb at 4:30 pm.
Please try to be on time so that we will have more time with you all.
Looking forward to seeing you all on that day. 
 
Shai Khanal
Shobhu Khanal
Praygan Khanal, and 
Pragyat Khanal.

Tel (302) 898-5638 – Shai
    (302) 898-5639 -Shobhu
 
Address:
12 Chambord Drive
Newark, DE 19702

 

Categories: Party Blog

24 Comments

  • Santosh Risal says:

    अखल जैरि बा !!

    होइन यो त कस्तो रमाइलो कुरो भयो साथी हो – दशै गयो भन्न नपाऊंदै तीहार आएको जस्तो।
    अस्तिको थकाई मेट्न पाएको छैन, फेरी भेट्ने बेला भैसक्यो भन्या?? फेरी अर्को घ्याम्पो फुट्ने भो।
    परदेशमा बस्ने हामी जस्ता लाई त येहि नै दशै – तीहार जस्तो भाई हाल्यो नी।
    येस्तो रमाइलो, स्वोयम् सिद्ध चाड् बाड् त बर्श भरी, फूर्सद् पाये सम्म महिनै पीछे आईरहे नि हुन्थ्यो –
    न कसैलाई टिका लाएर दशिणा दिनु पर्ने, न कसैसँग केही लिनु पर्ने ? सानो झोला बोकेर गयो – ठुलो भुँडी भरेर आयो ।
    पाएको ढ्याङ्रो ठटायो, जानेको भाका कौलास्यो, नजाने एसो फुर्मायो अनी बेला बेलामा डुक्रायो,
    कहिले गोडा तानेको जस्तो गरी उफ्रियो, मौका परे अरुलाई पनि उफ्रायो – अनी त खाल जमी हाल्यो नि!!
    लौ है लौ साथीहो, नयाँ नयाँ मुचुल्का को तयारी गरौँ।

    उही गाउँले – असंशासुरि
    2/11/13

  • Deb P. Jaisi says:

    फागुन 1, 2069
    प्रमुख,
    अखल जैरि बा समिति
    उर्फ सबै मित्रहरु,
    “असंशासुरि” गाउले ले हिमपातलाई ठाडै ठीगान लगाएपछि लेखेको इ-चिठठीले कता कता छोयो यो अशारे पन्द्र जस्तो समय मा भएको मास्टर लाइ र थामी सक्नु भएन। अन्तत: कलम तेसै अघाडी बढ्यो-
    ~~~~~~~~~~~ ~~~~~~~~~~~~~~~~
    दिल खाने साथी-संगी भए पछि
    बाउ बाजे ले खान नपाएको बिशुद्द जिनिस खान पाए पछी
    जिनिस को शक्ति थाहा पाउन पाइने भए पछी
    हात होस् वा खुट्टा फाल्न पाइने भए पछि
    के चाहियो अर्को मुस्लान वासी भए पछी
    ~~~~~~~~~~~ ~~~~~~~~~~~~~~~
    नया स्वेटर मा प्रथम हुने मित्र दिलवालेमा होस्ट भए पछि
    येस्तै भलाकुशारी मा हाम्रो जिज्ञाशा मोस्ट भए पछि
    अनि यस्तै गर्दा ज्यामितिक तहमा उमेर बढ्ने भए पछि
    किन चाहियो अस्पताल किन चाहियो अरु नाम
    किन चाहियो “बियोञ्चे” किन चाहियो ‘राजाराम’
    लौ त आजलाई सलाम, सनिबर भेटौला रामराम!

    उही,
    उत्तरी छेत्रका दिलवालेहरु
    2/11/13

  • अखल जैरि बामा
    यसपाली माइला खानालजीको घरमा
    उफ्रिने भए सिलालमाहरु
    सक्किने भए गिंलासमाअरु
    हातखुट्टा फाल्दै जिउ मिल्काउँदै
    चम्मर हल्लाउंदै कम्मर मर्काउँदै
    रहने भयो सब काम थाँती
    हुने भयो फेब्रुअरी १६ माथि

    फुर्सत पाएनन अशारे पन्द्रका माष्टरले,
    बिरामी जाँच्ने चिकित्सकले, परियोजनाका डेब्लोपरले,
    कार्यालयका कर्मचारीले , सबै पेसाका कर्मीले
    सबै लम्किए तम्सिए १६ तारिकको मेला भर्न
    फेरि एकचोटी अर्को तमासा भर्न

    यस्तो मेला, भेला बेला बेलामा भरियोस
    आर्को कहिले काहाँ हो त्यहीबेला तोकियोस

    उही सिलाल्माका लहरु
    2/12/13

  • Shai Khanal says:

    हाम्रो चाला

    हाम्रो चाला राम्रो भाइ हो हाम्रो चाला राम्रो
    भिन्दै छ है नेपाली हौँ फरक चाला हाम्रो

    अरु लाउन रेशमी कुर्ता हामि लाउँला भांग्रो
    अरु चढुन मोटर गाडी हामि गुडाउँ पाङ्ग्रो

    अरुको घरमा मेच र टेबुल हाम्रो घरमा मान्द्रो
    अरु खाउन मासु मासु हामि गुन्द्रुक त्यान्द्रो

    अरुको बैठक ठुलो राम्रो हाम्रो झुप्रो साँगुरो
    आउँ साथि गीत गाउँ बजाई नेपाली ढ्यांग्रो

    शैलेन्द्र खनाल र परिवार
    2/13/13

  • Subhadra Jaisi says:

    हतारियो यो मन कहिले 16 आउला भनि
    बसेका छों हामी घण्टा गनी गनी।

    चांहिदैन हामीलाई दरबार र सिंहासनको बास
    खुसी छों हामी बस्न पाए दिलको पास।

    चांहिदैन हामीलाई ठुलो बैठक कोठा
    थाहै छ सबैलाई अपराम्पर दिलको ढोका।

    आतुर छों हामी त्यो मान्द्रो मा बस्न
    नजाने पनि रोइला मा कम्मर कस्न।

    खाने हो दाल भात तरकारी
    तेही त हो स्वास्थ्य को लागी हितकारी।

    किन चहियो टेबल र मेच को घाँडो
    भए पुग्छ रातो लेबेल को ठुलै भाँडो।

    उही
    खरिदुंगे डाँडाका परिवार
    2/14/13

  • बिल्कुल मनासिब मन्जुर सब्दनै छैन पोख्न
    तैपनि एउटा सानो फुर्यो

    हाम्रोनै रहन, हाम्रोनै सहन
    हाम्रै हो चाला , हाम्रै हो पाला
    तर किन रन्क्या हो
    इ बाबु का गाला

    गुडाउँदै पाँग्रा हामी लाग्छम
    जर्सी बाट डेला
    न्युयोर्क का बाबु को
    उठ्ने भयो हातमा ठेला

    चार घण्टा गुडाउँदै
    रबरको पाङ्ग्रो
    नबज्ने भो ठेउले हातले
    नेपाली ढ्यांग्रो

    हिँडदा हिंड्दै बिच बाटोमा
    साथी भाइको पास
    सुक्रबारनै जमघट हुन्छ
    जमिन्छ जर्सीमा बास

    हल्ली हल्ली सनिबार
    साँझको बेला
    मान्द्रो हेर्न आइपुग्छम
    त्यही परको डेला

    यहाँहरुको प्रणय दिबस शुख र शुभ होस्

    उही जर्सीका लहरु
    2/14/13

  • Shobhu Khanal says:

    धेरै पछि हेरे मैले शृमान्जिको ईमेल्
    फुर्सद् थियेन मलाई चाहि गर्नु थियो किन्मेल्
    कबिता त धेरै देखे लेख्न्न् आउन्न मलाई
    के लेख्नु हो कबिता मैले पन्योउ चलाइ चलाइ
    सबै जना मिलिजुलि रमाइलो गर्नु पर्छ
    धेरै नाच् गान् गरियो भने थकाई पनि मर्छ

    हवस् त आजलाई बिदा।

    धन्यवाद्।
    शोभु खनाल्
    2/14/13

  • Shua Bastola says:

    dil to pagal hai! kya bat hai!

    Shatrughan Bastola MD, MPH, HO
    18 Fenwick Avenue
    Pennsville, NJ 08070
    Tel: 856-678-6448 (HOME)
    2/14/13

  • Shua Bastola says:

    panyu dherai na chalau la,
    sano menu banau la…….

    na bhaye raddi jhagada parla hai Sobha
    KISS (Keep It Simple and Small) garaun hai…..

    Shatrughan Bastola MD, MPH, HO
    18 Fenwick Avenue
    Pennsville, NJ 08070
    Tel: 856-678-6448 (HOME)

    2/14/13

  • Rasendra Khanal says:

    Daju, Bhai ani Sathi Ho…….Parsi lai pani kehi banki rakhne ho ki?

    2/14/13

  • Shua Bastola says:

    Like!!!!!

    Shatrughan Bastola MD, MPH, HO
    18 Fenwick Avenue
    Pennsville, NJ 08070
    Tel: 856-678-6448 (HOME)
    2/14/13

  • Santosh Risal says:

    रुपक दाई लाई :-

    मन त थियो लहरु दाई
    सुक्रबारै भेट्न
    आउने भये एक परिवार
    हाम्रो ठाउँँ देख्न

    कसरी नाआवो भन्ने
    आउंछु भन्ने लाई
    चित्त बुझाउं यो पाली लाई
    मनको बीरह गाई

    गुनासो
    अफु बस्छु उती माथि
    होड्सोन् खोला पारी
    साथी भाई सल्लाह दिन्छँ
    सर्ने डल्ला-बारी

    के पो हो गरौ, . होइन कता पो सरुँ
    कामले नजुरेशी
    कस्ले पो खान्छ अड्केको फर्शी
    अप्ठेरां फलेशी?

    अब हुने घरपेटी लाई :-

    कस्तो बहाना पार्न जान्या
    आफ्नो श्रीमान्जीलाई मान्या
    के हामी कुरा भुझ्दैनौ र
    हाम्लाई लाटा ठान्या?

    कसरी होला डाडु सँगै
    कलम पनि चल्या?
    पोखौं पोखौँ अझै पोखौँ
    भित्रै देखी खल्या

    बाँकी सबैलाई

    सबैलाई मौका जुर्या
    कबिता कती फुर्या
    लाग्छ आफ्नो कला पोख्न
    एही जमघट लाई कुर्या

    खानु पिउनु के नै हो र
    कुरो मिल्नु पर्‍यो
    उखान टुक्का बोली ठट्टा
    मन हाम्रो गढ्यो

    कुराले नै तातो लाग्छ
    उफ्री हाल्ने हो कि?
    काम छोडी बाटो लागौं
    अहिले, झोली तुम्बा बोकी

    लाम्पाते कुरा :

    चिनेको हामीले छैन अझै
    अन्दाजको भर्मा
    जैरी बा को पछी “मा” थपिने
    हुनु पर्छ शर्मा

    हावा चल्यो पात हल्ल्यो
    कुरा सांचो रहेछ
    ईमेल खोल्ने सुरमा झुक्की
    प्वाल बाट च्याएछ

    भिनाजुलाई

    रोमान्टिक भिनाजु हाम्रा
    पहिला चुप्प लाग्ने
    कता जानु भयो भनी खोज्दा
    अघी अघी भागने

    साइत कस्तो पार्न जान्या
    १४ फेब्रुअरी
    कुरा अघी सार्नु नै भएन
    किसै नगरि

    रखलाई

    जेठा दाई चुप्प हुनुहुन्छ
    माहिला भ्याइ नभ्याइ
    कान्छा लाई पीर पर्‍यो
    हाम्रो पल्टन को भेउ नपाई।

    के को पीर के को चिन्ता
    हामी हुँदा हुँदै
    यो त खाली अभ्यास हो
    मूल कुरो छ सिँगै

    हाम्रो पलटन् दरीलो छ
    कोही कमी छैन
    टुप्पी देखी गोडा सम्म
    थाक्ने कतै होइन

    राम जाने।।।।।
    2/14/13

  • Shua Bastola says:

    Mero KISS ta yo ho ni hai (ha..ha….)….!!!!
    “keep it short and simple”, “keep it super simple”, “keep it simple and straightforward” or “keep it simple and sincere”

    Reference: http://en.wikipedia.org/wiki/KISS_principle
    I was just being funny, joking, being humorous….!!!!

    Kabita ta gai rakhnu paryo hai… dhara prabah….

    Shatrughan Bastola MD, MPH, HO
    18 Fenwick Avenue
    Pennsville, NJ 08070
    Tel: 856-678-6448 (HOME)
    2/14/13

  • हिस्स बुडीको हरीयो दाँत
    शुक्रबार देखिनै जमुं भन्या
    मिलेन साथ्
    अरु कोहि हुनु हुन्छ कि
    असंशा सुरि नभए
    शनिबार छोटो छ समय

    अस्ति सम्म अर्कै कुरा
    आज अर्कै झिक्ने
    को हो त्यो बिचमा आइ
    हाम्रो बाटो छेक्ने

    घण्टा त जसरी पनि
    पुरयाउनु नै पर्छ
    शुक्रबार साँझै सुरुगरे
    समय ठ्याक्कै मिल्छ

    मेटिने आफ्नो तल तल
    अनी त्यसैको प्यास
    शनिबार लाइ पनि हुने
    दोहोरीको अभ्यास

    यहाँहरुको फेब्रुअरी १४ को “प्रणय दिबस” कस्तो भै राखेको छ त ? किस नै त होलानी ….

    उही नाइँ भन्न नसक्ने जर्सीका लहरु
    2/15/13

  • Santosh Risal says:

    अबिरल बर्षा…………..

    आज प्रणय दिवस को दिन – हरिया दांत किन?
    घरमा दतिउन् छैन भने गैहाल्नु बजारमा लिन।

    समय र परिस्थितीले मेरो कार्यक्रम गड्बडियो
    आउन्छं भोली सल्लाह् गर्छु, अनी त कुरा बनिगो.

    सुन्छु निकै दोहोरिको तयारी पो छ रे
    जान्ने जती अघी सर्छँ, नजान्ने पछी परे

    यस्तै हो अली अली हल्ला गर्नै पर्छ
    अनी पो त रमाइलो को धित सबै मर्छ

    कुना मा बसी टुलु टुलु हेरेर के मजा?
    जानेको भये मादल ठोक्नु नजाने ताली बजा.

    लौ त धेरै के गन्थन गर्नु, बुझी हाल्यो कुरा
    फेरी चुस्स सम्झाइदिन्छु , प्रणय दिवस को कुरा।

    “शुभ झन्डै मध्य रात्री ”
    2/15/13

  • Subhadra Jaisi says:

    रोइला लयमा …..

    योजना होला पक्कै, थाहा हामीलाई छैन।
    गल्तीभए माफी पाउँ , कसुर गर्या हैन।।

    खनालजी को घरमा
    16 तारीख आउने भो।
    रोइला अब जम्ने भो।।

    बश्नुहुने मेरीलैंड, न्युयोर्क र न्युजर्शी।
    कस्तो होला बस्न पाए, देलावरमा वास पर्सि।।

    खनालजी को घरमा
    16 तारीख आउने भो।
    रोइला अब जम्ने भो।।

    सकिंदैन होला, ठिक पार्न ती ठेला।
    छुट्नै मन लाग्ने होइन, हुँदा हामी भेला।।

    खनालजी को घरमा
    16 तारीख आउने भो।
    रोइला अब जम्ने भो।।

    चिनाजानी लामो होइन, भयो दुई बर्ष।
    साथी हरु को आगमनले, हुन्छ हामीलाई हर्ष।।
    खनालजी को घरमा
    16 तारीख आउने भो।
    रोइला अब जम्ने भो।।

    सुभरात्री सबैलाई
    भोलि भेट हुनेछ।
    इमेल हाम्रो संगै छ ।।
    ……….
    2/15/13

  • Santosh Risal says:

    रोइला भन्ने लय थाहा हम्लाई थिएन
    कस्तो कस्तो जानेको हो साथीले यो दिन
    अब मन्मा डर् भो नजान्नू नि केही छैन
    सुक्क सुक्क घुक्क घुक्क रोइएला नि होइन?

    2/15/13

  • प्रणय दिबस को ” रोइला दोहोरी ”

    हे हे हे हे हे
    प्रणय दिबस
    माया भए आउ छेउमा बस

    रातो रंग अलि धेरै बढाउने
    रातै गुलाफ मायालाई चडाउने
    हे प्रणय दिबस
    माया भए आउ छेउमा बस

    फुलै फुलले कोठा त झम्केको
    मन मेरो त्यसैनै गम्केको
    हे प्रणय दिबस
    माया भए आउ छेउमा बस

    परिकार चौरासी ब्यन्जन
    हरिया दाँतलाई छ लालदन्त मन्जन
    हे प्रणय दिबस
    माया भए आउ छेउमा बस

    गित सुन्ने गोपाल योञ्जन
    प्रणय कथा माया ले भन्छिन
    हे प्रणय दिबस
    माया भए आउ छेउमा बस

    तान्न गए भेटिन्छ पिटाइ
    दिनुपर्छ पहिला मिठाइ
    हे प्रणय दिबस
    माया भए आउ छेउमा बस

    खानेकुरा मिठो नै पकाउने
    जसरि हुन्छ माया लाइ फकाउने
    हे प्रणय दिबस
    माया भए आउ छेउमा बस

    तिमिलेत मानायौ होला दिबस
    मेरो त कोहि छैन छु बिबस
    हे प्रणय दिबस
    माया भए आउ छेउमा बस

    तिम्रो पनि होला है माया
    उसलाई त परेको छ छायाँ
    हे प्रणय दिबस
    माया भए आउ छेउमा बस

    प्रणय दिबस नगरे मिस
    मनाउनु गरेर किस
    हे प्रणय दिबस
    माया भए आउ छेउमा बस
    2/16/13

  • Santosh Risal says:

    ऐया बाबै घैया पाक्यो चिउरी कुटाइ देउन
    आधा बाटो अयिपुग्यो भारी बिसाइदेउन
    आउने पाउना उता लागे आफ्नो बाटो खुल्यो
    तातो मिठो चिल्लो जुठो मन येतै भुल्यो

    दाजु भाई मिली जुली कुरा फुर्न थाल्यो
    यो गाउने कि त्यो गाउने हो अब कस्को पालो
    धेरै पोल किन खोल्नु भोली के के गर्ने
    कस्ले राइलो नाच्ने कस्ले रोटी बेल्ने?

    आफ्नो त भोली बर्त हो खाना नदेखे सम्म
    टपरिमा छ्वेला चिउरा बटुकोमा रस् टम्म
    बेलैमा लौ भेट होस् सब अनी बात् मारुला
    कि त कम्मर कसुंला कि त बाहुला सारुला।
    2/16/13

  • Sunita Aryal says:

    बसेको थिए कहिले खाली होला भन्ने काममा
    कम्प्युटर को साचो-बोर्ड र मुसो लिए हातमा
    म पनि केहि लेखु भन्ने दिमागमा फुर्यो
    आज दिनको दुई बजे बल्ल साइत जुर्यो

    रातको तिन प्रहर मा पुगियो घर
    त्यैपनि थिएन हामीलाई कसैको डर
    दुइ घण्टा सुतेछु म त मस्त
    जुरुक्कै उठी, भए अस्पताल जान ब्यस्त
    छेउमा बुढो ठुलै स्वरमा बिगुल बजाए जस्तो
    मँ काममा गएको पाएनन् उनले कुनै पत्तो

    साथीलाई सुनाउन थाले हिजो राति हाम्रो पार्टीको गफ
    काला, खैरा देशी, बिदेशी, रोगि निरोगी भए बर्णन सुनेर मख्ख
    खैरेले भन्यो “असम”, कालेले भन्यो “क्रेजि”,
    देशिले भन्यो “वाउ” माधिशेले भन्यो “ईजी”

    हिजो रातिको भेटघाट दिमागमै छाई रहे
    दिनभरी मन मनै रोयला गीत गाई रहें

    गरु बयान खानको कि गानाको, छैन शब्द म संग
    प्रणय दिवसको गिफ्ट पाई भए म त दंग
    धन्यवाद छ माहिला “ख” परिवार लाई मुरी मुरी
    इश्वरको नजर सधै उहाँहरु माथि परोस जुनी जुनी

    लेखन त धेरै मन थियो, चार चोटी भो सिस्टर ले बोलाको
    नर्स ले भनि कम्प्युटरमा के छ त्यस्तो किन डाक्टर टोलाको ?

    ल त आजलाई यतिनै, अरु फेरी अर्को
    “अ ख ल जै रि बा” जमघट पछि गरुला लेख्ने जमर्को
    2/17/13

  • Shua Bastola says:

    Bastolas has Gratitude for all:

    “For each new morning with its light, For rest and shelter of the night, For health and food, for love and friends, For everything Thy goodness sends.”-Ralph Waldo Emerson

    Shatrughan Bastola MD, MPH, HO
    18 Fenwick Avenue
    Pennsville, NJ 08070
    Tel: 856-678-6448 (HOME)
    2/17/13

  • Shai Khanal says:

    प्रिय मित्र तथा परिवारहरु,
    सादर नमस्कार!

    सबै जानाको उपस्थितिले भयो मन हर्ष !
    एस्तो कार्यक्रम फेरि फेरि गरिरहनु पर्छ !!

    हास्नु खेल्नु जिन्दगीमा रमाइलो बोली !
    उदाहरण बन्नु पर्छ है येही हाम्रो टोलि!!

    आधा उमेर ढलीसके आधा नै छ बाँकि !
    बाँच्नु छ है राम्रोसंग जिन्दगि यो हाँकी !!

    नजिक टाढा सब तिरबाट आईदिनु भयो!
    कति दिनका पीर मर्का खै कता गयो !!

    उही,
    शैलेन्द्र
    शोभु
    प्रज्ञान र
    प्रज्ञात
    2/18/13

  • Santosh Risal says:

    शुभप्रभातम!!!

    फोन आको दिन देखी नै मन्मा, उत्सुक्ता जागेको
    कहिले पो आऊला त्यो दिन भनी, पात्रो पल्टाएको
    भन्दा मा भन्दै १६ दिन बिती, १८ भैसक्यो
    पूकीप्सी देखी देलावेर पुगी, घर पनि आयिसक्यो।

    बोल चाल मिठो खाना झन् मिठो, त्यो सिस्ट स्वोभाव
    जे खोजे पुग्ने भगवान को बास, छैन केही अभाव
    मन हाम्रो जित्यो त्यो “साइ” जोडी, मधुर मुस्कान
    साथी भाई सबै यस्तै नै मिलोश, हाम्रो छ आह्वान्.

    क्या मादल ठोक्यो क्या गीत गाइयो, स्वोर नै सुकेछ
    बुर्लुक्क उफ्री नाच्दा चाल् पाइन, पिंडौला दुखेछ
    साह्रै नै मजा गरिएछ गांठे, झोल धेरै भा हो कि
    त्यो माहोल साह्रै मन पर्‍यो हाम्लाई, कतै पिरती ला हो कि?

    ईश्वर ले गरुन् यो हाम्रो झुन्ड, सधैं साथ् रही रहोश्
    माया र श्रद्धा समान आदर, सबैमा छाइ रहोश्
    न कोही सानो न कोही ठुलो, दील् हाम्रो मिलेको
    सबैले दिनु भएको माया हामीले, छैन है भूलेको।

    फेरी फेरी पनि भैहाल्छ भेट्घाट, कसैको आश्रम मा
    कहिले यता कहिले उता, एही पूर्बी तटैमा
    साइत जुरे समय मिले, सबतिर पुगौला
    आउंदिन भन्दा ठुस्स नहूनु, रिसानी माफ् होला.

    अब कुरो के आयो भने………

    न इन्का बाउ न इन्का आमा कसरी पैदा भा
    अचम्म लाग्छ दुई मैना भित्रै कसरी घोर्ले भा
    न दुध चाइने न डाइपर चाइने न कुनै घर भा
    यो नाथे बालक आज जवान भएछ “अखलजैरिबा”।

    जय होश!!!
    2/18/13

  • John Drysdale says:

    Namaste Everyone,
    Ganga translated all the poems you sent and it warms my heart and makes me feel good that I am part of this wonderful Nepali family!
    We all had such a good time eating, dancing, joking, talking, singing, sharing and playing music. Where else can one find all of this?
    May we all enjoy good health, happy thoughts and much prosperity!
    Warm regards,

    John
    2/19/13

Leave a Reply to Subhadra Jaisi Cancel reply