Happy New Year “2014”
- By admin
- 27 December, 2013
- 13 Comments
Cheers To a New Year 2014.
May the new year bring you happiness, peace, and prosperity. Wishing you a joyous New Year!
“Learn from yesterday, Live for today, Hope for tomorrow.”
सुस्वास्थ, दिर्घायु ,सद्बुद्धि, संबृद्धि तथा उत्तरोत्तर प्रगतिको प्रार्थना गर्दै ,
नयाँ बर्ष २०१४ को मंगलमय शुभ – कामना !
“सानेपा डट नेट परिबार “
गैकन फ्लोरिडा आइपुग्यौं डेलावर ।
दर्शन मिल्न अखलजैरिबाको छैन धेरैबेर ।।
हतारिएका आँखाहरू हेर्न राता पहिरन।
डगमगाएको छैन है हाम्रो मौलिक पन ।।
साथी अब भइयो दाजु भाइ ।
कस्तो होला खाँदा डिनर थाइ ।।
भेला भैकन सबै साथी भाई ।
२०१३ वाइवाइ २०१४ हाइहाइ ।।
शुभद्रा
लौ पालो आयो लेख्ने कविता
के लेखु भै रहेछ मनमा दुबिधा
थाई भोजन नाम सुन्दा आयो मुखमा पानी
मिठो खाना खाने लागेको छ हाम्लाई बानी
सबै राता पहिरन लगाई हुने भयौ मख्ख
happy new year सबै मिलि गाउने भयौ पक्का
सुनिता
नया बर्षको शुभकामना
ध्यान जति सबैको खानमा
के लेखु खै ईमेलको पानामा
मन छैन एक रत्ति आजकल गाना मा!
नया बर्षको शुभकामना!
शैल+इंद्र
इन्द्र -शैल लाई किन यस्तो बैराग
गाना नभए गाइ दिनुन राग
तरकारी तयारी छ साग
न्यु यर मा खाउँला मिठो छाक
सुन एता
कबिता पढेर रहर लाग्यो लेख्नलाई
नयाँ बषॅको शुभकामना सबैलाई
थाई खाई २०१३ लाई बिदा दिनलाई
नाच र गानका साथ २०१४ लाई स्वागत गनॅलाई
With warm wishes
Sunita
समयमै सबलाइ जानकारी
छ की कुनै प्राइज
सबै कुरा छता छुल्ल
न हुने भयो सरप्राइज
खान देखि लाउन सम्म
सबै बाहिर आयो
यसपालिको कार्यक्रम
सफल हुने भयो
पुरानो साल जेभए पनी
अस्तायो डांडा परी घामले
नयाँ बर्ष अब मिलिजुली
जगाउनु छ हाम्ले
सुस्वास्थ, दिर्घायु ,सद्बुद्धि, संबृद्धि तथा उत्तरोत्तर प्रगतिको प्रार्थना गर्दै
नयाँ बर्ष २०१४ को मंगलमय शुभ – कामना
“सानेपा डट नेट परिबार “
हेर्दा हेर्दै पल्लो डाँडामा आयो बाई बाई र हाई हाई भन्ने तिथी
पांग्रा गुडाउदै, पिठ्यूमा गाना बजानाका खजाना बोक्दै बाटो कसेका मित्रहरु
गानामा मन नभई सुशील गीत र संगीतको मिठासमा चुर्लुम्म डुब्न चाहने मित्रहरु
सुभकामनाका आतुर र लुकेको प्रतिभाका धनी मित्रहरु
मनमा गुम्सिएको साधुबादको थैलो खोल्न आतुर मित्रहरु
जानकारीको छता छुल्ल भेलले बाटो पखालेर सुन्दर भएको छ खरिदुंगा
सेतो दाढी शेभिंग गरेर चट्ट सफा छ अन्यथा सेताम्ये खरिदुंगा
चिप्लेटी खेल्न नपर्ने गरि चट्ट सफा छ खरिदुंगा
Take it easy पल्ला डाँडाबासी नयावर्ष
बाटो नबिर्सी आउनु सन्ता वा सन्तले जस्तै कुम्लो बोक्नु पर्दैन तिमीलाई
न त धुले चिम्नीमा नै चड्नु पर्छ, सजावट गरी राखेको मुलढोका खुल्ला छ तिमीलाई
राता पहिरनमा सजिएका मित्रहरुले मन जित्दा थाहा हुनेछ तिमीलाई
साधुबादको थैलो खोल्दा थाहा हुनेछ तिमीलाई
अन्तत कौतुहल हुनेछ तिमीलाई ‘अखलजैरिबा’ जिनिस के हो भन्ने
लौ सुन:
ब्रम्हाको उत्कृस्ट रचना भन्दा बेसी प्रतिभावान
एउटा दाँत झरे पनि अजम्बरी रहने ‘अखलजैरिबा’ को शान
सुमधुर संगीत र तीनपाने चुस्कीकासाथ गरिनेछ तिम्रो सम्मान
सुटुक्क भन्नु अन्तमा कि तिम्रो पनि हामी सित संगै बस्ने मन?
देब
कबिताले ल्याएको छ सारै मनमा उल्लास ।
रोचक अति,पार्दा कबितामै कुरा खल्लास ।।
सल्बलाएका छन आँखाहरू अरू कबिता पढन।
कत्ति हतारिएका हुन यी औंलाहरु ईमेल खोज्न ।।
कबिता पढदा आयो ओठमा मुस्कान ।
साथिसँगीको आगमनले बिलायो सबै थकान ।।
खाना कस्तो हुनेहो भनि भा को कत्ति खसखस ।
पर्खाइमा छु थोते अखलजैरिबाको रेसपन्स ।।
Six pointed star with middle dotSix pointed star with middle dotनयँ बर्ष २०१४ को मंगलमय शुभकामना का साथ पनसमा दियो बालेर स्वागतको लागि घरको मूल ढोकामा पर्खी बसेका छौं Six pointed star with middle dotSix pointed star with middle dot
जैसी परिवार
रि ल नभएको अ ख जै बा मात्रै बाकी
उहाहरुको कमि महसुस हुनेछ अति
अर्को बर्ष भेट होला भन्ने आशा
अ ख ल जै रि बा पुरै भए खासा
जम्मा हुने खरी ढुंगामा
आउला स ल ल बग्दै चार पांग्रे डुंगामा
शोभु र देबु कता हराको
२-४ अक्षर कोर्न नभ्याको ?
ठुलै कविता आउदै छ कि क्या हो ?
सुनिता
राता पहिरनमा सजिएका
पन्चकन्याको दर्शन ,
स्वागतमा सगुन पानसमा बत्ति
पाहुनालाई पर्सन ,
आज भोलि सबै
अखलजैरिबा कै कुरा गर्छन ,
२०१४ को नयाँ बर्ष लाइ
नसकिने भयो बिर्शन ,
नया साललाइ स्वागत गर्नै पर्छनि
पुरानो बर्ष त अब यसै टर्छनी
उमेर बढ्ने सुइ बर्षी नै सर्छनि
गालामा चाउरी बडदै गर्छनि
नआए नी उत्साह जगाउनु नै पर्ने
नयाँ बर्ष भनि कराउनु नै पर्ने
हर्ष उल्लाषमा त्यसै भुलिने
खुडकिला उक्लेको पत्तै नहुने
थाहा त थियो खरी ढुङ्गामा निम्ता नव बर्षको
मिली र जुली मनाउने चाड वार्षिक पर्बको
कारणबस यो पाली जुट्न मिलेन हामीलाई
संकोच पुर्बक् माफी मागेंथेँ सब दाजुभाइलाई
सुनेर बर्णन् पढि कबिता खुशीको के बयान्
सबैको एउटै उमंग हर्श उद्येश्य हो महान
सन्लग्न हुन नपाएकोमा दु:ख थियो अबश्य
तर मन हाम्रो तड्पियो किन आस्चर्य रहस्य?
अचम्म लाग्यो खोलेर हेर्दा सानेपा को साइट
सबैको ईमेल आदान प्रदान छैन म ईन्भाइट
छोडेछं मलाई बिर्सेंरै होला ईमेल आएन
के हो तयारी, कस्ले के भन्यो, केही पत्तै भएन
ठिकै छ अब, गुनासो के गरुं बितेका ति कुरा
आउन्न भनेथेँ तेसैले होला सम्झना अधुरा
पुरानो कुरा पुरानो बिचार हटाइ सफा चट्
नयाँ बर्षाको गरौं स्वागत तयारी फटाफट।
शुभकामना!!!
— समापन —
खानाहरु खचा खच टन्न ट्रेमा ।
सजिएका परा परिहरु राता ड्रेसमा ।।
रुपै बदलीयो घरनै बेहुली जस्तो भो ।
पत्तो नपाई सात घन्टा कसरि स्वाट्ठै गो ।।
दृष्य त्यो हेर्दा अति मोहक लागने ।
अथाह परिकार खाँदा मुखै नथाक्ने ।।
अमुल्य त्यो दृष्य यो मनमा सजियो ।
राता ति पहिरनले खरीढँुगा जगमगियो ।।
सम्झना मात्र अब तस्वीर बनी रहनी ।
अखलजैरिबालाई दँातको भो सारै कमि ।।
अब्बल साथिहरुसँगको संगत हम्रो ।
के खोजौं अब खै यो भन्दा पनि राम्रो ।।
पाईएन पत्तो गएको तिन बर्ष यहँा ।
कमि हुनेछ यहँाको गए हामि जहँा ।।
चाहान्छौं टक्रयाउन धन्यवाद सबैलाई ।
गयो १३ आयो १४ खाई रमाई रमाई ।।
डल्लाबारि जिल्ला,खरिढुंगा गा बि स ,बन तिन वडा बासी जैसी परिवार
तरेमाम!
खै मलाई त आएको पनि पत्तो छैन,
खै गएको पनि मलाई पत्तो छैन,
मित्रताको गाढ़ापन घट्दो छैन,
बिर्सन गाह्रो छ भेट्दा खेरीको चैन!
यस पालि अखलजैरिबा नभै
अखलुजैशबा हुन पुगेछ
ल को साटो लु पो आईछ
रि को साटो श पधारेछ!
छेउ न टुप्पाको कबिता भनलाउ
ध्यान देऊ अनि मानलाउ
चिसो छ है साह्रै
न्यानो बस टन्न लुगा लगाउ!
“ख”