हाँसो ठट्टा ” विश्वो भात दिवस “

bhatDibas

हाँसो ठट्टा ” विश्वो भात दिवस “

आउनुस आउँदो ३२ तारिख हुन लागेको विश्वो भात दिवस, भब्यताका साथ् सफल पारौं, सक्नु हुन्छ भने समारोहमा उपस्थित भैदिनुहोला, होइन भने कम्तिमा पनि दिनको एकछाक भात खाएर भए पनि सहयोग गरिदिन हुन् अनुरोध गरिन्छ। केहि सन्देस भए तल पोस्ट गरि दिनु होला |

Categories: Uncategorized

6 Comments

  • admin says:

    साभार : नेपत्थ बाट

    भात भन्या भात हो!
    बिहान होस या बेलुका
    दिउसो भए नि बालै हो
    दालसँग होस या झोलसँग
    भात भन्या भात हो!

    नेपाल होस या अम्रिका
    नेपालीको जिउने आड हो
    २ थाल नबजाइ चित्तै नबुझ्ने
    भात भन्या भात हो!

    कति खाइयो नाथे पिज्जा
    बर्गर पनि त खाएकै हो
    तेस्ता जाबाले पेट के मान्थ्यो
    भात भन्या भात हो!

    बढी भएको क्याम्पसमा टिफिन
    खैरे सोध्छ – “क्या हो त्यो?”
    ङिँच्च हाँस्दै ग्वाम्म खाँदै –
    “भात भन्या भात हो!”

    चिनीरोग लागे ओखति खाउँला
    भुँडी लागे नि आफ्नै त हो
    मरेपछी पनि पिण्डो खुवाउने
    भात भन्या भात हो!

    आमाले माया कुचोले गर्छिन
    बाउको माया लात हो
    जती कुचो, लात खाए नि
    भात भन्या भात हो !

    साभार : नेपत्थ बाट

  • RkA says:

    कस्ले भन्ला भात खाइ थाकें
    जापानिजले त खान्छ हालेर साके
    नखाई बसे सोध्छन भा के ?
    छ महिना देखीनै भातमा जाके

    कोहि भातको छयांङ खाइ मात्ते
    अनि गइ बाउको लात पाथे
    उन्लेत भात संगै माया लाथे
    एस्तो पो बन्यो कबिता भाते

    भाते कविताको लागि धन्यबाद

  • bhaate says:

    जन्मे पछी न्वारन् भयो अनि पछी पास्नी
    तेहिबेला देखि जाने मैले भात किन खानि
    स्कूल गयो खान्दान् बोक्यो खाजा तेहि भात
    अफिश गयो लन्च भन्यो बास्ना चलाई भात

    यता उती पार्टी गर्छन् भात नखाने भन्छन्
    चामलको पुलाउ पकाइ थपी थपी खान्छन
    कहिले कही हेल्थी बनी नखाये नि भात
    निन्द्रा पर्नै गार्हो हुन्छ सपनामा पनि भात

    जौलो खाए पनि तेहि हो, खीर खाए नि भात
    अरु कुराले पेटै भर्दैन नखायी तेहि भात
    बासी भात झनै मिठो जसरी खाँदा नि हुने
    भाते ज्यान नै बलिया हुन्छन् तिन्लाई कस्ले छुने

    तेहि भात लाई झोल पारेर खान्छन कोही जाँड
    कसैलाई धोती मिलाउन तेहि भातको माड
    राजाले नि भातै खान्छ्न भातै खान्छन खाते
    गाली गर्न सब भन्दा सजिलो ए साले भाते

  • सिपालुले भन्छन भात लाइ भुजा
    दाल तरकारी मुछेर खान मजा
    भातै खानको लागि पार्दछन धुजा
    अनि त्यहि भात को मुखमा बुजा

    खान नपाए चुरी फुरी
    त्यसैलाइ भुटी भुजामुरी
    भातेको चाहाना सुनको धुरी
    पुजामा चड्ने चटामरी

    बासी भात भुटे फ्राइड राइस
    दिउँसोको खाजा के ल्याइस
    आज पनि तैंले भातै खाइस
    बर्गर पिज्जा खाएर केपाइस

    नेवारीमा जाके ढुनला
    तामाङ मा चुरे हाउ
    भेट घाटमा सोधी हाल्छन
    भात खानु भयो बाउ

    मेरो त भान्छा भयो
    तपाइको पनि भयो
    जसो गरेनी सबैले
    भातै खायो

  • Sunita Aryal says:

    भाते भनि भात खानेलाई नगर हेला
    भात नखाए अगाडी बढ्दैन जीवनको ठेला
    दुब्ला पातला स्लिम हुन्छौ खाए भात र तरकारी
    पिज्जा बर्गर खाए हुनु पर्ला ठुल-ठुला भकारी
    भात दाल साग अचार,दहि मोही सबै ठ्याक्क मिलेको
    विटामिन, मिनरल,क्याल्सियम सबै एस भित्र पसेको
    अति उत्तम, फ्रेस्ली कुक्ड देखाऊ कसको छ एस्तो डाएट् ब्यालेन्स
    पश्चिमाले पनि फलो गर्न थाली सके, हाम्रो भाते मेन्यु लाई कस्ले गर्ने च्यालेन्ज

    जय भात दिवस,
    श्री पशुपति नाथले सधै भातवालाको रक्षा गरुन

  • भाते पन्डित् says:

    भात महिमा पुराण
    अध्याय १४ / स्लोक ४१

    डुकु लन्ठु उबाच:
    भातम् मा भातनी भुइ भुइ
    भुइँ भातम् भात्री भातति
    भातरी भुतु अह: भस्मी
    भातेस्मी भात भुल्लोक्कम्

    साझा भाषामा उल्था:
    न भात होती न ज्यान होती
    भात मै लाईफ गुजरम
    न भात होती बुद्धी भ्रस्टन्ति
    भात ले मति सुधरम्

Leave a Reply to RkA Cancel reply