शिव रात्री बिशेष ‘२०१५ फेब्रुअरी २१’

shivaraatri-bishesh

:: ॐ नम: शिवाय ::
-<———-<>———->-
आदरणीय सबै मित्र बर्ग तथा शिव भक्तजनहरु,
महादेव जगाउने सुबर्ण अबसर
महाशिवरात्री तथा शिव आराधनालाई मध्य नजर राख्दै हामी अर्याल परिबार यहाँहरु सबैलाई हाम्रो घरमा शिव पुजा, भजन तथा प्रसाद ग्रहणको लागी आग्रह गर्दछौं। नेपाली गुरु “श्री हरि आचार्य पण्डित ज्यु ” बाट अध्यात्मिक पहिचानका साथ गरिने उक्त कार्यक्रममा सबै जाना पाल्नु हुन बिनम्र अनुरोध छ|

शिव सरणम्,
स्थान: ५३ पस्साइक एभेन्यु पस्साइक, न्युजर्सी ०७०५५ (53 Passaic Ave. Passaic, NJ 07055)
समय: बिहान ११: ०० बजे बाट बेलुका, राती अबेर सम्म
मिती: फेब्रुअरि २१ शनिस्चर बार २०१५
पुनच्च:
यद्धपि कुनै कारण बस मौसम तथा जलवायु बिज्ञान बिभागबाट बिशाल हिमपात तथा आँधिबेरीको भविश्य बाणी भएमा, बाद्धता बस अर्को दिन सारौँला, होइन भने पुजा बिहान ठयाक्कै ११:०० बजे सुरु हुनेछ , महादेव खुसि पार्न समयमै पाल्नु होला |
जय शंम्भो, हर हर माहादेब !

थप जानकारी
मौसम तथा जलवायु बिज्ञान बिभागबाट फेब्रुअरि २१ मा कुनै खराब मौसमको जानकारी अहिले सम्म नभएकोले हामी पुजाको कार्यक्रम सोहि निर्धारित दिनमानै बिहान १०:३० बजे सुरु गर्ने कुराको जानकारी यहाँहरुलाई गर्न चाहान्छौं । माहादेब हाम्रो पक्षमा हुनुभएकोले मौसमले पनि छुटकारा दिएको अनुभुति भएको छ । संम्भबत, अहिले सम्मको भविष्यबाणी बाट हिमपात ३०% , तापक्रम २९ – २५ डिग्री , देखिएको छ |
कार्यक्रम तालिका :
१. पुजा ( हवन , श्वोश्तीशान्ती, रुद्रिपाठ, महा-शिवरात्री कथा महिमा, आरती , बिषर्जन, प्रषादी ) [ १०:३० – १२: ३० ]
२. प्रषाद ग्रहण १२: ३० – १:००
३. भजन सुभारम्भ
४. भोजन तथा फलाहार
५. बेलुकाको कार्यक्रमको तर्जुमा ….

शिवरात्री पुजाको भिडियोहरु फोटोहरु शिवरात्री पुजाको
 bholeGif
डमरु धर तिम्रै छ भर
shivaKunja
शिव कुञ्जमा स्वागत छ

 

Categories: Uncategorized

4 Comments

  • Aryal Ji Haru says:

    प्रिय मित्रजन
    सर्ब प्रथम हामी यहाँहरु सबैलाई हाम्रो निमंत्रणा स्वीकार गरि शिव पुजामा सामेल हुनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहान्छौ.
    हामीलाई यो पुजा-आराधना योजना र तर्जुमा गर्न सबै साथीहरुले यति धेरै मद्दत गर्नु भयोकि हामी कुन शब्दम़ा आभार व्यक्त गरु भनेर शब्दकोष पल्टाउदै छौ!
    खराब मौसमको वास्ता नगरी, आफ्नो महत्वपुर्ण कामलाई समेत पन्छाएर हामीलाई सघाउन आइपुग्नु भयो त्यसको लागि हाम्रो अन्तर-आत्मा देखिको कोटी कोटी धन्यवाद स्विकार्नु होला!
    भगवान पनि हामी सबै संग यति खुसि हुनुभयो कि उहाले कैलाशबाटै हिम वर्षा गरिदिनुभयो जस्तो लाग्यो ! तेही हिम वर्षाको कारण, बेलुका काममा कुनै हालतमा पनि जानुपर्ने लाई यस्तो खबर आयो ” मौसम खराबको कारण जो जहाँ छ तेही बस्नु ” ! अब यस्तो चमत्कार भए पछि भगवान छैन भनेर कसरि भनु ! यो हामी सबैको पुजा आराधनाको फल हो !
    भगवानले हामी सबैलाई फेरी फेरी येस्तै एकै ठाउँमा बसेर भजन किर्तन पुजा-अर्चना गर्ने मौका दिलाईरहुन !
    फेरी एक चोटी हामी अर्याल परिवार को तर्फ़ बाट कोटी कोटी धन्यवाद र तिसै औंला जोडेर नमस्कार छ !
    अर्याल परिवार
    पासाइक
    नु जर्सी

    र अनि सानेपाको बाधा अडचन फोहोर मैला पनि सबै हटाएर भोले बाबाले बिस्तारै बाटो खोल्दै हुनुहुन्छ भन्ने कुराको जानकारी गराउनुमा अत्युक्ती नहोला भन्ने लाग्दछ ।
    र फेरि पनि यहाँहरुको उपस्थिती र सहयोग बिना पुजा लगाएत सबै कार्यक्रम संभब हुने थिएन भन्दै धेरै भन्दा धेरै धन्यबाद टक्राउन चाहान्छौं /
    अ प न्युजर्सी

  • Santosh says:

    शिवरात्री मनाउन हाम्लाई, उहिले निम्ता आको
    कुर्दा कुर्दा त्यो दिन आउन, साह्रै ढिला भाको
    चाँडै पुगी सबै मिली शिवको, पूजा गर्ने प्रण
    न्यू जर्शिको पसाइक पुग्दा, भेटेऊं शिवका गण।

    ढोकै देखि डमरू बजाउँदै, हामी कैलाश चढेको
    आधी बाटोमा पुग्दा पशुपती, नाथ पनि भेटेको
    नेपाल जस्तै आँखी-झ्याल, अनि टुँडाल र छ्वाली
    मन्दिर होकि भनि हेर्दा, भित्र ढुकुटी रैछ खाली।

    ठाडो उकालो चडेपछि, बल्ल पुगेम कैलाश
    शिवजिको दर्शन पाउँदा, उड्यो होश हवास्
    हिमालको उचाइ सरह, बुर्जा घरको बास
    झन्डै फुस्किएको प्राण, सम्भोले दीये शास।

    कृपा गरी पण्डितजिले, शिव पूजा सुरु गरे
    साथीभाइ इस्टमित्र भक्त, मिली बुर्जाघर भरे
    भजन अनि स्तुतिले, गुन्जियो कैलाश कुटी
    हिउँको पनि बर्षा भयो, तान्दा हावाको शिव बुटी।

    श्रद्धालु भक्तजन हरुले, गरे प्रसादअको तयारी
    मेवा मिस्टान्न सेलरोटी, अरु खाना नाना थरी
    भाँग खाए जस्तो लाग्यो प्रसादिको झोक्का
    नन्दी भिरंगि नाच्न थाले, कोही रहेनन भोका।

    यस्तै रह्यो महाशिवरात्रीको नाममा शिव धुन
    भक्तिनी आमा अनि बा ले लाये सबमा गुन
    भित्री मनले भक्ती गरे भागबानले रक्छा गर्छन्
    राती बार बजे पछी हाम्लाई, बल्ल दिए दर्शन।

    भोले बाबाले हामी सबैको सधैं एसरिनै भलो गरुन् !!!

    – असन्सासुरि
    आनन्द उपत्यका, न्यू योर्क

  • RK Aryal says:

    भलै भगवानले ढिलै भएपनि दिए दर्शन
    कैलासबाट भोले संगै थाल्यो हिमपात बर्सन
    नन्दी गण देख्दा पहिला लागे सब तर्सन
    पछि थाले शिबले आशिर्बाद बर्षन

    मागे कसैले उमापतिको शुद्ध अमृत जल
    कोहि तेस्सै मक्ख ओडेर पहेंलो सल
    कसैमा हावाको चिलिम तान्ने तल तल
    आधा रातमै दर्शन पाउन खोल्नै पर्यो बोतल

    कैलास भयो तेसै तेसै रंगी चंगी
    पति रिजाउन नाचे साथि संगी
    पुजा आरति भयो समातेर थालि
    भजन गाए सबले बजाएर ताली

    हर हर माहादेब

  • Shailendra says:

    शिवजी को आराधना दिन भरी गरियो
    पूजा पाठ भजनले हृदय भरियो।
    शान्ति हाम्लाई थिदै थियो अझ शान्ति मिल्यो
    कैलाशमा महादेबको दर्शन है पाइयो।

    भक्ति भावमा आउँदा आउँदै आँशु टप्प झर्यो
    भोलेनाथको दर्शनले दुख हाम्रो हर्यो।
    भक्तजनले पालै पालो प्रबचन नी गरे
    कैलाशको पूजा सकि बेसी तीर झरे।

    मौका हामलाई दिनु भयो पूजा पाठ गर्ने
    आध्यात्मिक जीवनमा पाइला अझै सारने।
    आशीर्वाद शिवजीको सदा सदा लागोस
    मित्र तिम्रो परिवारमा अझै भक्ति जागोस।

    जय शम्भो।
    शैल+ इन्द्र + परिवार



Leave a Reply to Shailendra Cancel reply