एस्तो पनि हुँदो रहेछ – गाँठे, २०७१ नयाँ बर्ष

RisalyaTapoban
” लामो जाडो पनि गयो हिउँदको रुखको रंग फेरियो ,     केही मीठा र तीता अतितमा  बितेका दिन हेरियो
आयो बर्ष नबिन छितीजमा  आशाको बिम्ब आँखामा ,    छायो हर्ष समस्त स्वजनमा  बांडेर शुभ कामना  ”

प्यारा हितैशी मित्रहरु, लामो समयको अन्तराल पछि र कठोर् हिउँदको झन्डै तीन महिने कारागार पछि आज बल्ल हात गोडा सलबलाएका छन्, मन फुकेको छ, गला खुलेको छ, तेसैले – चिच्याएर सबैलाई बोलाउन मन लागेको छ – यता पनि हेर, भनेर। हेर्ने पालो पनि त भयो नि, सधैं कती तल तल हेर्नु त, माथि पनि त हेर्नु पर्छ नि, सम्पूर्ण प्रकृतिको अबलोकन गर्न, सबैतिर हेर्नु पर्छ। नहेरिकन देखिन्न, नआयिकन भेटिन्न – अब कसो गर्ने, भेट गर्नु छ भने त आऊनै पर्यो, बोलाए पछि धाउनै पर्योै। कर गरेको होइन, कर छंदा पनि छैन, मन मिल्ने र मन पर्ने ठाउँमा कर भन्ने शब्दको अस्तित्वनै हुँदैन। खुला दिलले आउँ, मन हलुको बनाएर आउँ, रँगिएर आउँ, सजिएर आउँ, आफ्नोपन लिएर आउँ। समय थोरै छ, गर्नु धेरै छ, एक छ्यण पनि खेर फाल्नु मन छैन, सबैथोक भ्याउन मन छ तर के के भ्याउने अझै थाहा छैन, तेसैले त समयएमै भेट्नु छ। सबैजना बस्नु छ, सल्लाह गर्नु छ, हल्ला गर्नु छ, खानु छ, पिउनु छ, छोटो समयको लागि नै सहि, धक फुकएर जिउनु छ, जानेका नजानेका हाउ भाउ कटाछ्य र अस्टाबक्रे नाच नाच्नु छ। हामीले फुर्माएर मात्रै कार्यक्रम चल्छ र, यहाँहरुले पनि त फुर्माउनु छ, अपुरो कलामा रङ भरी, पुरो बनाउनु छ, पहिला नघटेको घटना घटाऊनु छ, र मुख्यत, यहाँहरु सबैको सहयोगले – “एस्तो पनि हुँदो रहेछ – गाँठे”, भनि नब बर्ष २०७१ लाई निम्त्याउनु छ। ध्यान रहोश, यो कार्यक्रम साथी भाईको भेट्घाट र रमाइलोको साथसाथै हाम्रो नयाँ बर्ष पूर्ण रुपले नेपाली पनमा मनाउने उदेस्यले आयोजना गर्न खोजिएको हो, त्यसमा भ्रम नहोश – र मौसमले साथ दिये सम्ममा बाहिर चौरमा नै पाल गाडेर सुत्ने कार्यक्रम भएकोले, त्येसलाइ चाहिने आफुसँग भएका पाल तथा सुत्ने थैलो पनि, सकेसम्म लेराउनु होला – नभये पनि फरक पर्ने छैन!! स्थान: आनन्द उपत्यका तिथी: अप्रिल १२, २०१४ – शनिबार समय: सकेसम्म चाँडो (बिन्ती थाहा पाउँ कतिबेला आइपुग्ने ) आफु साथ ल्याउनु पर्ने: आफ्ना सम्पूर्ण परिवार, घर बाहिर सुत्ने गुन्टा र भएसम्म एउटा पाल ( बिरालो हिँडाइलाई चाहिने, आफु सुहाऊंदो नेपालीत्वो झल्किने पोसाक लेराउन नबिर्सनु होला – छैन भने पहिलानै खबर पाउँ, तर लेराउन बिर्शियेमा कौपिन तयार छ। ) – कार्यक्रम तालिका संगै नत्थी छ, हेर्नु होला र तेसमा आफ्नो केही बिचार भये खुसुक्क भन्नु होला – असन्सासुरि   ShivaBhajan शिभ भजन बाट नब बर्षको स्वागत Group Jodi Rashtrieta NaniHaru

अरु फोटो तथा भिडियोहरु अलि पछि आउँछ, चाहार्दै गर्नु होला !


ॐ कार मंन्त्र, स्तोत्र, भजन, साधना, योगासन, प्राणायाम, ध्यान, नाचगान, राष्ट्रीयता पहिचान, शिभ धुनी, हर्ष उल्लास तथा मिष्ठान्न भोजनका साथ नब बर्ष “बिक्रम सम्बत २०७१ साल” लाइ स्वागत गरियो ।



माहामृत्युंञ्जय स्तोत्र


साम्ब सदाशिभ – भजन


केसलेनै घेरिएकि – भजन


सुर्य नमस्कार – योगासन


त्रिकोणासन र बज्रासन


मन्डुक,गोमुख, अर्ध मक्षेन्द्रासन


पवन मुक्तासन, शिर्षासन


ॐ कार मन्त्र उच्चारण – उद्गिद प्राणायाम


योगा उल्लास


रेशम फिरिरी धुन


राष्ट्रिय गित- यो कर्म भुमिको आगनमा


गुंरासै फुल्यो बनैमां


CatWalk
.
. .
. .
. .
Categories: Party Blog

20 Comments

  • Deb P. Jaisi says:

    अभिन्न मित्रगणहरु,

    कति सुमधूर हो यो निमन्त्रणा अब भलाकुसारीको पालो
    निमन्त्रणा सहर्ष र सह्द्रिदय स्वीकार छ
    कुरा सुन्नमा आउन थाल्ने छन् बढोत्तरी कौतुहलताको मारामार हुनेछ
    कसरी धकेल्ने हो यो पुरा तीन हप्ता तीन घडी र तीन पोला
    हेर्दै जाउँ यो बीचमा अरु के के पो होला

    पार्टीको लागि खसी बोका ढालेको त सुनेको हो तर चार चार रुख ठाडै ढालेको थाहा थिएन
    एसो पात बुटी लगाई बिरालो हिंडाईको लागि हो कि भनौं भने अहिले रुखमा पात छैनन्
    एसो झिंगटा मुडा बलि खसी पोल्नको लागि हो कि भनौं भने पनि कत्रो खसीको परिकल्पना गर्नु
    Pleasant Valley न हो डाइनोशोर परापुर्ब काल देखी pleasantly बसेको पो छ कि
    १-२ डाइनोशोर नै पोल्न लाग्या पो हो कि

    Campfire भनू भने काँचो रुख.…’गोल’ लगाउने आयोजना त पक्कै होइन
    तर के थाहा अर्को winter को लागि ‘गोल briquette’ बनाउन पो हो कि
    पाल टाग्नको लागि हो भने कुनै bigfoot अथवा yeti पाहुनागणमा हुनुपर्यो नत्र भने कुनै alien
    खोइ “एस्तो पनि हुँदो रहेछ” भित्र डाइनोशोर जस्तै केहि लुकेको छ कि

    ल ल MH ३७० को जस्तो conspiracy साध्य नबनाऊँ
    तीन हप्ता तीन घडी र तीन पोला सम्ममा त पोल खुल्ला नै
    आखिर architech को परिकल्पना हो म ढुंगा माटा चलाउने लाई के थाहा
    सामान्य ज्ञान चाहिँ पक्कै बढ्ने भो भेट्घाटमा ….मक्ख छौं

    यो दुइ घण्टा लामो बिरालो चाल को ‘चाल’ बुझिएन
    चालको चल संगै Manhattan सम्म पो पुगिने हो कि
    Hudson को तीर मा किला गाडी पाल फैलाउने पाइने पो हो कि

    कर्फ्यु होइन उर्दी हो भने उर्दी नै सहि
    भित्र र बाहिरको होस् वा बाहिर र भित्रको …. दुवै सहि
    थैला गुन्टा पाल त्रिपाल चौपल सबै सहि
    ‘नहेरिकन देखिन्न, नआइकन भेटिन्न’ सोह्रै आना सही
    अस्टबक्रे होस् या ‘कोटि’ बक्रे नाच होस् तिघ्रामा तेल आज देखि सुरु
    आखिरी नमारी स्वर्ग देखिन्न planning आज देखि सुरु

    कि कसो मित्रगण ?

    देब

  • सुनिता अर्याल says:

    प्रिय मित्रगण
    सर्ब प्रथम म रिसाल परिवार (असन्सासुरि) लाई उहाहरुको आनन्द उपत्यकामा, सबै साथीहरु एकै ठाँउमा जम्मा भएर, रमाइला कार्यक्रम गरेर , नयाँ बर्ष को आगमन लाई स्वागत गर्नको लागि निम्त्याउनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु
    धेरै अघि देखि निम्ता आउदै छ भन्ने त कता कता गाईं गुईं सुनेका थियौ, तर लामो समय देखि कुर्दा कुर्दा अब त आउँदैन होला भनेर झन्डै झन्डै आशा मारिसकेका थियौ.
    तर अचानक सन्तोष जी को इमेल देख्दा आशा को टुसो पलाएर, रुख बनिसक्यो र हाँगा बिंगामा फल फुल फुल्न थाली सके .
    दिमागमा नाना थरिका सोच- विचार र सर- सल्लाह उम्रिरहेको छ. तेही सोच विचार म आज सबै को सामु राख्न चाहन्छु.

    यसमा थप- घट ,छाट काँट, मन्तब्य,अरु नयाँ सुझाव राख्न सबै साथीहरुलाई बिनम्र अनुरोध गर्दछु.

    नेपाली झल्कने पोशाक लगाउने भन्ने उर्दी भएकोले मैले चाही नेपाली शेर्पा जाति को बख्खु लगाउने विचार गरे.
    अरु साथीहरुले ले के लगाउने विचार गर्नु भो त ?

    नाच गान गर्ने समन्धी मेरो एस्तो सुझाव छ:-

    १. प्रौढ शिक्षा लाई promote गर्न को लागि नाच:
    अब नेपालमा मात्रै होइन अमेरिकामा पनि प्रौढ शिक्षा धेरै आबस्यक भएको छ किन भने यहाँ धेरै high school drop out छन् , अब अगाडी नपढी कुनै जागिर पाइदैन.
    http://www.youtube.com/watch?v=ayL2aGuneT8 – campus padhna aune

    यो नाच को लागि चाही jeans pant , धर्के शिर्ट ,टाइ,क्याप लगाउने अनि ब्याक प्याक ढाडमा बोके कस्ती होला ? सुझाव मात्रै हो
    (नमुना को लागि फोटो टाँसेको हेर्नु होला )

    २. prop dance
    हिजो आज धेरै मानिस मासु मा मात्रै भुलेका छन्. केटा केटि हरु पनि vegetables खान भने पछि पर भाग्छन. तेसैले अब जन चेतना जगाउन यो नाच प्रस्तुत गर्ने हो कि ?
    prop dance – यो नाच मा prop चाही “मुला” हुनेछ
    गीत चाही यस प्रकार छ
    http://www.youtube.com/watch?v=5_Q9IjJ5pGQ uhi mulako सिन्की

    prop dance लागि फोटो पनि टासेको छु

    यदी यो नाच सबैबाट पारित भयो भने चाही ल्याउन मिल्ने भए एक दुइ जनाले एक मुठा मुला ल्याउनु है , अनिबार्य छैन.

    ३. हामी सबै मिलेर गीत गाउने http://www.youtube.com/watch?v=hUJ1-5oBT54- bhimeshwor ko mela

    यो गीत चाही सबैले दिन का दिन सुनेर , पटक पटक गाउने अभ्यास गर्नु होला

    Disclosure :
    माथिका गीतहरुका गीतकार , गायककार ,संगीतकार, बाध्यबाधक, टाँसीएका फोटाहरु , कसै संग मेरो कुनै नाता गोता, ब्यापारिक सम्बन्ध केहि छैन .
    यो त खाली हामीलाई मिल्ने जुल्ने जस्तो देखिएर छनोटमा परेका गीत हरु हुन्.
    यसको उदेश्य FUND RAISAING होइन FUN RAISAING मात्रै हुने छ.

    कृपया म फेरी पनि अनुरोध गर्दछु मेरो यो सोचाई लाई तपाईहरुले आफ्नो इच्छ्या अनुसार सम्पादन गर्नु होला

    सुनिता अर्याल

  • शैलेन्द्र खनाल says:

    प्रिय मित्रहरू,
    रीसालजीको नयाँ बर्ष २०७१ को उपलक्छ्यमा रमाइलो गर्ने निम्ता पाउँदा खुशिले मन फुरुङ फुरुङ भएको छ हाम्रो। येसै पत्र साथ् उहाँहरूलाई धन्यबाद् दिन चाहन्छौ।
    समयको लहरमा अस्ताउन लागेको सभ्यतलाई बिउताउने प्रयाश भएको छ सन्तोश जी को। राम्रो लाग्यो। प्रार्थना तथा भजनको शब्द येसै पात्र साथ् सङ्लग्न गरि पठाएको छूI

    आयो है दुई सय मिल् देखि रमाईलो गर्ने यो निम्ता
    एक रात् को बसाइ मा जान कस्नु छ त्यो गुन्टा
    आउँछौ हामि गाडिमा बिर्सदै हप्ता दीनको टन्टा
    मित्रताको कल्पना गर्दै दिमाग बनाउदै ठन्डा।

    कसै कसैले तिघ्रामा तेल मालिस अरे
    कार्यक्रमको तालिका हेरी म जिल्ल परेँ
    कति सोची बिचार गरि बनाएको भन्दै
    २०७१ चैत्र २९ को दिन गन्ती गर्दै।

    बरु फुर्सद पो नपाइएला जस्तो छ हई २
    बिरालोको हिडाई अनी अस्ट बक्रे नाच रे हैई
    जानिदैन नाच्न सबै जना प्रफुल्ल नभै
    मिली जुली रमाइलो गरुम ठुस्स ठास्स नभै।

    प्रशैप्रशो

  • सोभु खनाल says:

    नमस्कार् छ सबैलाई,

    रमाएका थियौ त्यो हिउँ सँग सित्तैमा आगनमा खेल्न
    बेला भएछ त्यो रुख बिरुवालाई मस्केर हाँस्न
    आउछौ है हामि नयाँ बर्षलाई आगमन गर्न
    आनि,
    कार्यक्रम्मा सहभागी भै मित्रतालाई अझ गाढा पार्न।

    घाम दिदि सँग निकै प्रार्थाना गर्दै
    बसेका छौ साथ् दिनु है भन्दै
    हावाले बादललाई पंछ्याउदै
    ताराहरू आकाशमा हेरी गन्दै
    बस्नुछ आनन्द उपत्येकामा, आउनुछ घुईय गुड्दै।

    कार्यक्रम् र पोशक लगाउने कुरामा मेरो दुई मत छैन!!

    प्रशैप्रशो

  • admin says:

    रिसाल्य तपोबनमा बनभोज खाउँला
    भात पकाउन छन चौका चुला
    नाटक, गित नांच , भजन मण्डला
    त्यसैमा हुने सबैको भला

    नेपाली लुगामै देखिने गाडा
    हामी सबै सब्य छैनौं छाडा
    कसैको त्याँ नबिजोस काँडा
    दुरी बडे पनि नहुने टाडा

    खाजा नास्ता भोज खाउँला
    बिस्तारै बिरालाचाल हिडुंला
    पिएपनि नबनाइ खुट्टा लुला
    नांचुला समाई हातमा मुला

    बिहान उठी सुद्ध मन लीइ
    अगी बडी द्वेस राग फाली
    योग आसन संगै ॐ नभुली
    बस्नु छ भजन किर्तनमा झुली

    — सुरुसुब –

  • Subhadra Jaisi says:

    प्यारा आत्मीय साथिहरु नमस्कार ! हामि सपरिवार आरामै छौं र यहाँहरु सबैजनाको सपरिवारलाई आराम रहोस भनि श्री पशुपतिनाथ सँग प्रार्थना गरि बसेका छौं।

    असन्सासुरि लाई चुले निम्ताकोलागि धेरै धेरै धन्यवाद दिन चाहान्छौं । तेस्तैगरि यो “यस्तो पनि हुदोरैछ गाँठे” कार्यक्रमलाई सुनमा सुगन्ध छरि अझ रोचक र गहकिलो बनाउन बिभिन्न गितहरु र भजनहरु छनौट गर्नु भएकोमा सुनिता अर्याल ज्यू तथा शैलेन्द खनाल ज्यू लाई पनि मुरि मुरि धन्यवाद टक्रयाउन चाहान्छौं । यो छनौटले हामिलाइ के गित गाउने र के गितमा नाच्ने तथा कुन कीर्तनमा झुल्ने भन्ने अन्योलबाट मुक्ति दिएको छ।

    असन्सासुरिको निम्ताले मनमा हर्सोल्लास छाएको छ। एप्रील १२ चाँडै आइदिए हुन्थ्यो जस्तो लागेर धैर्य गर्न सारै गार्हो भएको ले गर्दा यो भुमन्डललाई फनक्क घुमाउन पाए हुन्थ्यो जस्तो भाको छ।

    नेपाली पोशाकमा सजिएर नेपाली नयाँ बर्षको स्वागत गर्ने भन्दा हर्सले शरिरमा रगतको गति बढेको र स्वर लरबराएको महसूस भएको छ । त्यसैले गर्दा टाइपिंग पनि सुद्द नभएको हुनसक्छ। नेपाली पोशाकको प्रकार धरै भएको तर आफूसँग त्यसको अभाव भएकाले गर्दा यो मन दोमन भएको थियो। सुनिता ज्यू र शोभूज्यूको ईमेल पढेपछि आफूले सिलाएको बख्खुको याद आएर के खोज्छस काना आँखो भाको छ। बाँकि अर्को पत्रमा ।
    उहि खरिढुंगे

  • MeCAD says:

    जागे जागे बुढा बुढी जाग्ने बेला भयो
    अल्छि मानी सुत्ने होइन जाडो अब गयो
    हाक्क हुक्क खाक्क खुक्क ट्वाक्क टुक्क लेख्नु
    हात बाँधेर कहाँ हुन्छ भावना लाई पोख्नु !!!

  • shua bastola says:

    Maya maile timilai bolauna huncha ki hudaina, timilai maile kehi bhanna huncha ki hudaina, Timilai ma ke bhanu….. Ali Ali dhalkiyeko maya….Ali Ali palkiyeko maya…yastai rahecha Yahan Ko chalan..ki banma have fun bhanu…. Ki la la cha cha bhanu…I will miss u all..

    Santosh babu and Sujaya,
    tu si great ho…
    Love to saswat and Amani, I wish I could be there. But you never know surprises happen……

  • sujaya risal says:

    मान्यजन तथा प्रियजनहरु
    आहा कती रमाइला ईमेल का आदानप्रादान। यो देखेर, अब त भएन बा भन्दै म पनि हस्यांग फस्यांग
    गर्दै ईमेल लेख्न बसेँ। सबै जना नेपाली भेसभुसामा नेपाली पन लिएर आउने भनेको सुन्दा मननै फुरौला जस्तो फुरुँग भयो। तेसमा पनि आफुले नलाएको र साह्रै राम्रो लाग्ने शेर्पिनिको लुगा लगाएर कोही कोही आउने भनेको सुन्दा त यो फुरौला जस्तो मन फेरी चाउ चाउ भयो। कसरी सम्हाल्ने यो मनलाई, कस्ले भुझिदिन्छ यो कुरो? न त आफु सँग त्यस्तो पोसाक नै छ, न त सिलाउने सिप, अब कहाँ गएर छेकाउने त्यो बख्खु? ठिकै छ, कतै बाट उपाये लागि हाल्छ कि?
    लौ लौ यो तयारीको हल्लाले त्यो दिन कहिले आउले जस्तै भैसक्यो, तर फेरी यो मन पनि नआत्तिएको कहाँ हो र? तर यहाँहरुको रमाइलो भलाकुसारी र कार्यक्रमको तयारी पड्दा यो आत्तिएको मन फेरी मौलाएर सम्हालिन्छ, के गरुँ, एस्तो पनि हुँदो रहेछ – गाँठे?
    असन्सासुरि को “सुजी “

  • रुपक अर्याल says:

    आनन्द उपत्यकामा आयो भन्थे सुनामी
    तर म संग त छैन कसैको जमानी
    सोधी हालें मैलेत लाजै नमानी
    भन्देउन के भाको थाहा पाई हालुं म पनि

    ढले रे रुखहरु त्यसै स्वारल्याम्म
    नोक्सानै नभई आवाज झ्वारल्याम्म
    पात र फलफुल थिएन लटरम्म
    हिउँले मैदान देखियो सेताम्य

    १२ लाइ होला मैदान खालि
    नासेरै भएनी आफ्नो बाली
    धेरै भएरै होला नसकेको सम्हाली
    रिसालको मा अखजैरि बाउ यसपाली

    आएपछि उपत्यकामा सुनामीको हुल
    १२ तारिक बन्द गर्ने भएछ भुल
    आगन्तुकहरुलाई परेछ छुल छुल
    तर कुरा बुज्दा रहेछ अप्रिल फुल

  • santosh risal says:

    तयारी – तयारी
    अब चाँडै आउनलाग्यो छत्तिसबर्णे झाँकी
    हेर्दा हेर्दै औंला गन्दै मात्र पाँच दिन बाँकी
    दिन बिते बनाउंदैमा दसथरि प्लान
    कहिले होला सुरु गर्ने हाम्रो अभियान?

    प्रकृतिमा धेरै हावा चलेर पो कि के हो
    दक्छिनबाट उत्तरतिर आको गाईं-गुइँ पो हो
    गर्नु सम्म गरे भन्ने सुन्नमा पो आछ
    जान्न मन लागिसक्यो खोइ कस्लाई के भा छ?

    नाच्ने क्रमको तयारीमा गोडामा ठेला छन रे
    एउटा गीतले के नाप्छ र, अली धेरै देउ रे
    जोडी नाच नाच्दा नाच्दै फेरी माया बश्यो
    सुन्निएका पैतालामा मार तेल घस्योI

    लेख्छन् कोहि हामीलाई पनि सिकाइदेउन नाच्न
    टाउको मात्र हल्लिरन्छ सक्दिन कम्मर भाँच्न
    भित्री बाहिरी चक्रपथमा धेरै कुरा भये
    कोहि हास्ने मरी मरी, कोहि ठुस्स परेI

    यो त सानो खाल होइन बुझ्न सके सबले
    मौका सबलाई दिएका छौं बराबारि हाम्ले
    लाज धक घरमै छाडि आउने तिम्रो पाली
    दुलहीझैं बनी आउनु सजाउंला घुम्टी हाली I

    असन्सासुरी
    आनन्द उपत्यका

  • सुनिता अर्याल says:

    लौन यो कस्तो सुझाव हो गाँठे
    घरपेटीलाई निम्की र चिया भोज, खसी पनि काटें
    खसी खाई हामी भन्दा उनीहरु नै बढी नाच्न थाले
    पेट भरि खाई उनीहरु इन्तु न चिन्तु भाथे
    यस्तो पनि हुँदो रहिछ गाँठे

    अफिस को काम काज सबैले हापन थाले
    कहिले पुंगु त्यहाँ भनि सोच्न थाले
    यस्तो पनि हुँदो रहिछ गाँठे

    up state का परिवार ले ठुलै कुरो आँटे
    यसो नाच ,कम्मर भांच,तेल घस भन्न थाले
    उर्दी माथि उपदेश धेरै आउन थाले
    यस्तो पनि हुँदो रहिछ गाँठे

    तयारी ठुलै छ निकै चर्को कार्यक्रम आँटे
    गुन्द्री सुकुल भुँइमा ओछ्याउन ठुलै डोरी बाँटे
    भुंइ चिसो होला जस्तो छ बाहिर बस्नु हुन्न गाँठे
    यस्तो पनि हुँदो रहिछ गाँठे

    यस्तो मौका सबैले कहाँ पाँथे
    यस्तो पनि हुँदो रहिछ गाँठे

    —————————–

    सुनिता

  • Sunita Amatya says:

    Dear Santosh Dai, Sujaya and ALL,

    Thank you so much for the invitation!
    Enjoyed reading beautiful poems by beautiful people
    I do not know how to write in Nepali and poems
    But I certainly like to say- how Sudin I and feel in the presence of you all.
    We found a big FAMILY with lots of love and harmony!
    We certainly like to be with this loving family
    Wish we all were living in one town
    We really wanted to be there at any cost
    So, its very difficult to say “we won’t make it this time”
    Waited till last minute to see if we can still can be there
    We are very sad to say, we won’t be there this time
    We will miss all the fun programs and your company
    You all are really God sent FAMILY for Sudin and me!
    Happy New Year 2071 to you all!
    Hoping to see you all some time in 2071.

    Thank you,
    and Sudin

  • रुपक अर्याल says:

    मेरो कबिताको शिर्षक छ ” ब्यायाम ”

    धेरै राम्रो अति उत्तम
    १ बजे भित्र जाउँ हिंड सुतम
    सबै जाना पाल भित्रै जुटम
    तर बिहान चांडै उठम
    ब्यायाम गर्नु छ नी, गाँठे !

    भुटनी जति सनिबार राति नै भुटम
    लुट्नी मज्जा बिराला चालमै लुटम
    जाडो भए पगरी गुतम
    तर बिहान सबेरै उठम
    ब्यायाम गर्नु छ नी, गाँठे !

    आनन्द उपत्यका समएमै टेकम
    बाधा अड्चन आए बेलैमा छेकम
    १२ अप्रिल भित्तामा लेखम
    तर बिहान छिट्टै उठम
    ब्यायाम गर्नु छ नी, गाँठे !

    ठेक्का भए बेलैमा ठेकम
    सबै समान चल्दैन हैकम
    कबिता फुरे जबाफ लेखम
    तर बिहान झट्टै उठम
    ब्यायाम गर्नु छ नी, गाँठे !

  • Subhadra Jaisi says:

    हेर त्यो आनन्दपुरि नगरी कस्तो
    स्वर्गको एक टुक्रा फुत्त खसेजस्तो

    फेरेको फेरै छ घुम्टो वर्षदिनमा घरि घरि
    गुंड बनाई बसेका प्रेम चरिका मित्र वरिपरि

    मिल्कायो त्यो सेतो घुम्टो पुग्यो सागरमा मिल्न
    संगतले सिक्न लाग्यौं हामि पनि संगितमा रम्न

    चेहरामा चढन लागिसकेछ है लालि
    छत्तीस अर्को पालि दुई वर्णाे यसपाली

    लागेको उकाली चढन लाज निद्र्ा छोडि
    धैर्य छैन नयनमा हेर्न ति मायालु जोडि
    बसदाता

  • शोबू खनाल says:

    आनन्द उपत्येकामा जानु भएन ढिला
    आउदैछौ है कसेर ढोकामा भोटे ताला
    हालेर गाडीमा सबैको गुन्टा र झोला
    कठै
    रुख काटेर उठेका होलान हातमा कति ठेला
    आउँन सकिएन है सघाउनुपर्ने बेला
    भित्र बाहिर गर्दा दुखेका होलान पिडौला
    समयमा सुत्न नपाएको कति भो होला
    अनि
    अब त गन्न छाडनुभो होला हातका औला
    स्वागतमा होलान ढोकामा घैला
    बालेर घरको चारैतिर पाला
    कुरेर बसेकाछन हिडन बिरालाको चाला
    पक्कै
    हुनेछ गाउदा र नाच्दा राता गाला
    के गर्ने र कसो गर्ने भाको छ खैला बैला
    कति दिन र मान्न जानेको हो सल्लाहा
    सुनियो है छ रे धेरै तयारीको हल्ला
    अब
    हामी सबै मिली नब वर्ष हर्षित भै मानाउला
    हाम्रो मित्रताको माला आझ बलियो सँग गाशौला

    शोबू
    डल्लाबरी

  • santosh risal says:

    हुरी र बतास चलेर गए, त्यो बासना गएन
    ढलेका रुख सुकेर गए, त्यो फुल मुर्झेन
    जुन र तारा झरेर गये, त्यो दिन ढल्केन
    मनमा बस्यो गहिरो छाप, त्यो हाम्रो मेटिन्न।

    त्यो नाच गान, त्यो हाउ भाउ, त्यो भोटको फरिया
    त्यो मिठो खाना, मधुर गाना, त्यो ध्वोजा बेरिया
    बिराला चाल्मा हिंडेका जोडी, नाचेका छम्-छमी
    माहुरी जस्तै फुललाई हेर्दै, घुमेका फन-फनि

    भगबानको नाम योग र ब्यायाम कहिले नटुटोस
    कलेज जाने साथीको साथ कहिले नछुटोस
    आगोको राप, बनको टहल दुबोको आसन
    नबिर्सि सक्नु योगको ज्ञान मुद्रेको भासण

    न तालिमा पाको, न खान्की बाको कसरी जानेको
    बालक जस्तै जे भन्यो तेही खुर्-खुरु मानेको
    त्यो मीठो बोली, मधुर मुस्कान सिपका भकारी
    सज्जन पती सुशील सती गुणबान मनकारी

    धन्य छौं आज पाएर साथ यहाँको अंकमाल
    दिन गनी बस्छौं कुरेर हामी भेटने कस्को पाल
    एस्तो पनि हुँदो रहेछ गाँठे आज सम्पन्न भै टर्यो
    लाग्छ
    बाजेको धोती, त्यो लामो टुप्पी सबैलाई मन पर्‍यो

    हातका मैला सुनका थैला के गर्नु धनले
    साथी त हामीले पाएकै रैछौं आनन्दी मनले
    बसाइ हाम्रो टाढा छ तर भेट हवोश बारम्बार
    यहाँहरु प्रती आभारी छौं है रिसाल परिवार

    असन्सासुरि
    आनन्द उपत्यका

  • सुभद्रा जैंसी says:

    हतारिंदै खोतल्यौं शब्द कोशको कुनाकानि
    आतिथ्यको बयान गर्न मिल्लाकि केहि भनि

    भेट्टिएन शब्दकोशमा शब्द कुनै मिल्ने त्यस्तो
    हिर्र्दयमा झलझलि मुखले भन्न नसक्ने कस्तो

    बाटो काट्यौ मित्रताको गूंढगान गरि गरि
    आभार अडकिरहने भो हिर्दयको कुना भरि

    प्रकृतिले साथ दियो घाम मुस्कुराइरह्यो
    २४ घण्टा घडिले छल गरेझैं गरि गयो

    जन्म घरमा गएको जस्तो भो त्यहाँको बसाई
    पेटमा चरै नहंुदापनि मुख रसाएको रसाई

    कुना काप्चा रहेनन खोतल्नलाई बाँकि
    सबै कुरा बाँडदा रहेछन आफुलाई नराखी

    रंगिचंगि पहिरनले ल्यायो त्यहाँ वसन्त
    बिहान उठि सबैजना भयौं फेरि सन्त

    हसिंला ति मुहार देख्दा प्रकृति नै लजाइ रह्यो
    “यस्तो पनि हुंदो रै छ गाँठें” हुनसम्म भयो

    भाग्य सन्जोकले भेट हाम्रो भाको
    सपनामा देखिसकें सबै यता आको
    बसदाता

  • शैलेन्द्र खनाल says:

    अर्यालको घरमा बास बसी भोजन पानी निन्द्रा भाग्यो
    तपोबन भनि हिडेका हामी सिंगापुर पुगे जस्तो लाग्यो
    घरको बूढा कता हो कता होइनकि यो घर झैं लाग्यो
    टुप्लुक्क बयलको ग़ाढ़ामा आयो अनि बल्ल शाक्ति जाग्यो।

    शेर्पिनी नानिको पहिरनै राम्रो टोपी र इस्ट कोट चै हाम्रो
    ध्वोजा पताका झुन्ड़ाई माथि घर पछाडी ठड्याई छाप्रो
    विभिन्न भाषा संस्कृति हाम्रो एक ढिक्का हामि भएकै राम्रो
    बाजेको टुप्पी सबैले तानी अगेनाको आगो सबैले तापि।

    पाठ्शाला जाने भनेर हिड्ने अध्यनय तिर ध्यानै नजाने
    टाई कसी फेशन गरेर हिन्ने ओठको लाली कहिले नपुछ्ने
    गुरुको स्वर सुन्ने बित्तिकै भलाद्मी पल्टी शान्त भैजाने
    नयन जुधाई चंचल मनले टोलाएर हेरी चित्त बुझाउने

    यस्तो पनि भयो है गांठे जिन्दगीमा अस्तिको हप्ता
    एकै स्वरमा सबै मिली शिवको मन्त्र जप्दा जप्दा
    नाच गान भजन अनि योग र अरु थप्दा थप्दा
    नया बर्षलाई बोलायौं हामीले बर्णन गर्ने छैन है शब्द।

    के मात्र लेखु यो हातले मेरो मसि छ कालो कुरा छ ठुलो
    धन्यवाद अमानी, सास्वत र भाउजु अनि हजुरको लायकको दुल्हो
    भेट्नु छ फेरि छिटै नै हामि कता तिरको बाल्ने हो चुल्हो
    अन्त्यमा मेरो एउटा छ बिन्ति नराख्नुहोस् है त्यो अबकाढों।

    उही,

  • DJ says:

    नामको आफ्नै पहिचान हुन्छ
    शान्त उपत्यका यो विक्रान्त देशमा एउटा मात्र छ
    तर पनि नाम अलिकति अपभ्रमित जस्तो लाग्यो
    यो पक्कै पनि ‘सन्तोष तपोबन’ को acronym हुनुपर्छ, अलिकति आधुनिक भएर अपभ्रमित भएको हो कि?

    किनभने
    तिन दसक देखि बल्झेका भावनाहरु र अल्झेका रहरहरु स्कुले झोला देखि टाई सम्म फक्रन दिने
    आधुनिक पण्डित Ultraorthodox Jewish स्टाइल मा टुप्पी कुन्नि केमा पोकोपारी हातमा American कमण्डलु समाउन दिने
    भोट बाट लौन अब बसन्त फिर्यो भन्दै तपोबन झरेका शुशिल चेलीहरु
    कथित भोटेहरु भोटिनीसंग back to मंगलमान भनी दाउराको शुलीमा मनको शुली साध्न पाउने
    गुडुल्को परी लाजको गुन्टालाई भिर तिर धकेली first dating भन्दा बेशी प्रसन्न मुद्रामा तस्बिरमा कैद हुन् चाहने
    कसैले सुने त हुन्थ्यो भन्दै गाईगुंइ कुरा गर्ने तस्बिरमा जस्तै संधै कैद हुन् पाइयोस भन्ने

    आगोलाई यो नै मानवता को परिभाषा हो भन्दै कतै आगो निभ्ला भनी हातमा spirit को starter लिई बस्न पाइने
    मधुर मुस्कानमा गाउलेको नातामा पौठेजोरी साँधी caring को नया परिभाषा देखाउने ‘नन्द’ नयन हरुले साध्न सुरु गर्न पाइने

    कमण्डलुलाई अड्लु बनाई नया बर्ष मन्त्र र उच्च विचार बाट सुरु गर्न पाइने
    ऊँ कार लगाई योगा गरी मन्त्र जपी ग्रह दशा सान्त गरी शिव प्रार्थना गर्न पाइने
    सुस्वास्थ्य कामनाबाट होइन कृतिबाट हुनुपर्छ भनि १०८ आशन गरी अंग भंग तन्काउन, मन्काउन, र भन्काउन पाइने
    अलिकति personal touch हुनुपर्छ भनि नजिकै बस्दै ठिसठास गर्न पाइने र ठगी गर्ने बिध्यार्थीलाई छेकिने गरी बस्न दिइने
    ऊँ कारे पण्डितले लामो सास तानी चार दशक सम्म नजानेको स्वास फेर्न सिकाउन पाउने
    एस्तै धेरै धेरै बाँकि छ लेख्नु पर्ने……….

    कति पारंगत हुन् ती हातहरु – कला, व्यंजन, पहिरन सबैमा भावनालाई यथार्थले माथ गर्ने
    कति धनी हुन् ती मनहरु – शुशिलता, शालीनता, भद्रता, र ममताको केन्द्र बिन्दु येही जोडीबाट परिभाषित भए जस्तो हुने
    कति energy हो – जन्म देखिको सबै शक्ति र साधन ‘गाँठे’ लाई खर्च गर्ने हो भनि जम्मा गरे जस्तो लाग्ने
    कति मोहनी लाग्ने घर र परिवेश हो संधै बसिरंहू लाग्ने
    अनि त याद आयो पृथ्वी नारायण शाहको महानबाणी “शान्ति नपाए खोज्न जानु शान्त उपत्यका”

Leave a Reply to DJ Cancel reply