एक सय बर्ष पछाडी फर्केर हेर्दा

Kharidhunga-BW
प्रिय मित्रहरु,
बिकास र सम्मुनतिमा कोल्टे फेर्दै रहेको समाज, सोचाई, र रहनसहनमा एकचोटी एक सय असी कोणमा फर्की हेर्दा कस्तो होला? ऎनाले पछि नदेखाएपनि ऎनालाई नै घुमाएर पछी हेर्न लगाउदा कस्तो होला? हाम्रो ब्यक्तिय सागरमा मौलाई रहेको भावना अलिकति कदर गर्दा के होला? आखिर मन न हो – मनको कौतुहलतालाई अनुभवको आभास दिन पाए कस्तो हुन्थ्यो होला?

यस्तै यस्तै सोचाईलाई मध्य नजर राख्दै जैसी परिवारले ‘१०० बर्ष पहिले’ नारामा सम्पूर्ण हितैषी मित्रहरु, जसको आगमन, समिपता, र ममताले जैसी परिवारलाई धेरै आभारी बनाएको छ, लाई सादर निमन्त्रणा राख्न चाहान्छ। एहाँहरूको आगमन र भलाकुशारीले मित्रताको गाँठोलाई अझै उच्च बनाउन सहयोग गर्ने छ भन्ने कुरामा हामीमा दुइ मत छैन।

कार्यक्रम: ‘१०० बर्ष पहिले’
स्थान : नेपाली झंडे घर, खरी ढुङ्गे डाँडा
तिथि र समय: अगष्ट ३, शनिबार अपरान्ह ३ बजे देखि आइतबार पुर्बान्ह २ बजे सम्म

यहाँहरूकै अभिन्न मित्रहरु
देब, सुभद्रा, सुदेश, र समानता जैसी

 

KhariDhunge_Danda

Categories: Party Blog

30 Comments

  • Dhruba Khanal says:

    श्रावन १९, आएछ निम्तो, डेलावर गयिने भो,
    अंगुर को रस्, पोलेको मकै बेस्सरी खाइने भो |

    खरी ढुङ्गे डाँडा, देब जी को घर, गफ गाफ चल्ने भो,
    भला कुशारी मित्रता को गाठो बेस्सरी कस्सिने भो |

    नाच र गाना, गीत गज़लको लहर लाग्ने भो,
    त्यो शनिबार नि, डेलावर तिर रमाइलो बित्ने भो |

  • Rupak Aryal says:

    खरी ढुङ्गा मा चिप्लिदै
    हातमा मकैको घोगो समाएर
    १०० बर्ष पछाडी फर्कंदै
    ढोड को छाप्रो बनाएर
    कछाड र पगरीमा उभिंदै
    बुलाकी र ढुङ्ग्रिमा सजिंदै
    ह ह मालेको जुवा देखि
    कपासको भुवा सम्म
    सबै सम्हाल्दै बटुल्दै
    फ्याँकेर आधुनिक गाडी
    बोकेर मकै भुट्ने हाँडी
    चिर्पट, निगालो र नर्कट बोक्दै
    राडी , गुन्द्री अनि सुकुल झुण्डाउदै
    लाल्टिन टुकी अनि जुनकिरीको उज्यालोमा
    एकसय असी कोण ऎना को प्रतिबिम्बमा
    पोलेको, साँदेको, उसिनेको, पकाएको मकै संगै
    हरियो खुर्सानी र नुन सिलौटोमा लस लस पारि
    हरियो काँक्रो र पोलेको आलु हातमा लिएर
    एक बटुको प्यास को तल तल मेटाउन
    अनि आफु जन्मनु भन्दा अगाडिका सन्तति भेटाउन
    चार पांग्रे पुष्प बिमान अन्तरिक्ष छेड्दै
    आफ्ना पुर्बजहरु बोकेर डेलाबर ल्याण्ड गर्दै
    अगस्ट ३ मा फर फराएको नेपालि झण्डा देखि
    सय बर्ष पुरानो अण्डा सम्म अबलोकन गर्ने नियाल्ने
    अनि ढोडले बारेको भित्ता च्यातेर चियाउने
    समय नजिकिंदै छ भन्नुमा अत्युक्ति नहोला

  • Subhadra Jaisi says:

    आउन लाग्यो सलिजू अगस्त को दिन तिन !
    घर उजय्लो पार्न है सलिजू हामीले त्यो दिन !!

    गर्न लागे म सलिजू अब तर खर !
    लाग्छ जुलाई सलिजू आएको भरखर !!

    बस्नु भा होला सलिजू उतर कुरी कुरी !
    बस्न सकिन म सलिजू कबिता फुरी फुरी !!

    के लाउने के ल्याउने सलिजू कसरी होला आउने !
    सजिलो लुगा हाजमोला सहित डेलावेर तीर धाउने !!

    कसरी होला सलिजू १३६ बंटिंग धाउने !
    चलाई मोटर सलिजू जीपीएस लाई बोल्नलाउने !!

    के लिएर सलिजू डेलावेर तीर धाउने !
    न १ मा सलिजू पिर्का र गुन्द्रि ल्याउने !!
    न २ मा सलिजू नानी लाई पौढ़ीको लुगा लाउने !!!

    घाम्लागे बसने बाहिर सलिजू भीत्र बसने लागे बादल !
    ल्याउनु पर्छ होला है सलिजू माईक र मादल !!

    तेत्रो घंटा सलिजू बिताउने हो के गरी !
    खाने नाचने गाउने सलिजू जे परी परी !!

    छिमेकिले सलिजू भन्लान की केहि !
    भन्दैनन केहि सलिजू आउछन ती येही !!

    के पकाउने होला सलिजू जैसी परिबार !
    कला छैन सलिजू पकाउन धेरै परिकार !!

    तैयार भयो सलिजू काक्रा र खुर्सानि हरियो !
    आलू चाहि सलिजू खनेर ठिक्क पारियो !!

    छैनन तयार लौका घिरौला सलिजू भिन्डी र गोल्भेडा !
    खानुपर्ला जस्तो छ सलिजू डीजर्ट मा जेरी वा पेढा !!

    गर्नु पर्दैन पोहोर जस्तो सलिजू धामा साडीमा !
    खाने गुन्रुक बसने सालीजो ओछयी राढिमा !!

    छन की के ही सलिजू प्रस्न अरु !
    लेखी पठाउनुस सलिजू ईमेल मा बरु !!

    सुभद्रा तथा परिबार :) :) :) :)

  • Debu Khanal says:

    दिएर साथीभाई,
    इमेल को ओहोर दोहोर हेर्दा हेर्दै
    आयो रमजम को समय

    टाडा छैन अगुस्त ३ आउना
    बाकी रहयो २ हप्ता समय

    खानी भएयो काक्रा को अचार र
    मकै को घुंगा

    आउने छौ मुख मा पानी रसौदै
    खरी दुंगे डाडा, झंडे घरमा

    येसरी भेटघाट हुदा हुने रमाइलो नेपाल नै बिर्सने गरि
    गर्नु पर्छ नाचगान धोकै मर्ने गरि

    अरु पछि
    देबु

  • Pooja L S says:

    Yo ramailo kavi sammelan ma
    Namantrit gardai chhu ma afni Ama lai

    Mero partcipation ko kami
    Shayad uhanle puryanu hunchha nai

    Dhanyabaad Jaisi family Lai
    Yo bhet ghat ko silsila Kayam rakhna lai

    Aune chham hami Shameem-Luitel sapariwar
    Makkai ka ghoga ra kankra ko achar khan lai…

  • Sunita Ojha says:

    अगस्ट ३ तारिख जैसी परिवारको घरमा जम्मा हुने उर्दी भया
    के खाने के लाउने जानकारी सुभद्राजिको कविताबाट हामीले बुझी लिया
    मकै खान धुर्बजीले एसपाली दन्तमा रेति लाया कि नलाया?
    कि उही जनवरीको रेतिले नै काम चलाया ?
    आलु खन्ने कुटो कुदालो ल्याउन हामीलाई इच्छा भया
    भारी ठुलै भए घर लान डोको नाम्लो पनि ल्याऊ कि भन्या
    बास बस्न राडी र मान्द्रो ल्याऊ कि भन्ने सोच-विचार आया
    जमघट चर्कै होला भन्ने हामीले बुझी लिया
    रातभर जाग्राम बस्ने हामीले कार्यक्रम तालिका बनाया
    कहिले ११ दिन बित्ला भनि मन अस्थिर भया
    १०० बर्ष पछाडी हेर्न सबै डेलावर तिर लाग्ने भया
    यस्तै होला त्यो बेलाको भाषा भन्ने हामीले अनुमान गरि लिया
    आयु सेन्टर फेरी चम्किन थाल्यो भन्ने गांई गुईं सुन्नमा आया

    अर्याल परिवार

  • Santosh Risal says:

    सपना जस्तो लाग्यो मलाई मध्य रात माझ
    नेपाल पुगी फर्कि आको हिजो हो कि आज
    सुन्थे धेरै हल्ला उता यताको रमझम
    बत्ती छैन नेट छैन सबै नेताले हजम

    कुन मौरीले मह काट्यो कस्ले हात चाट्यो
    सुन्ने रहर धेरै थिए कस्ले जुल्फी कपाल बाट्यो
    बास उता मन यता कस्तो तिर्सना
    जे भयेनि नेपाल बसाइ सक्दिन बिर्सन

    ईमेल खोली हेर्दा म त चार छक्क परें
    खरी ढुँगे निम्तो देखी राम्रै झस्किएं
    खाने कुरा मात्र होइन रैछ मीठो हुने
    मीठा मीठा कबिताको दोहोरी कसले पो छुने

    मन लाग्यो अहिलेनै उठी भेट्न जाउं
    छुट पुट सबै गीत एकै चोटि गाउँ
    नाच्ने गाउने ताली मार्ने मधूर मुरली
    बास बस्दै पुगुँला नि उही डल्लाबारी

    ल्याउने छैनौ केही पनि खाली हात आउंला
    मधुर मुस्कान दीलको माया सबैमा बाँटुला
    यो समुह हामीलाई जुर्यो, जुरेन अरु कोई
    मनको बह फुकाउंला निस्फिक्री नीडर भै

    के पो होला त्यहाँ कमि तेत्रो ठुलो घर
    खरी ढुङ्गा माथि हाम्रो झन्डा फर फर
    मैले आजै ठोकुवा गरें देब जैसी परिवार
    हुने भये हामी सबको लोकल अंबास्सडोर :):);)

  • Rupak Aryal says:

    ” सार्दुल बिक्रिडीत छन्द मा ”

    आयो मकै टिप्यो घोगा बाट छोडाइ
    हाँडी मा भुट्नु भुट्यो
    दुधिलो मकैलाई पातैसहित
    भुङ्ग्रो आगोमा पोल्यो
    छिप्पेको मकै जति पानी घट्टमा
    हालेर पिठो बन्यो
    आएका पाउना लाइ ए हजुर
    मकै खान्छौकी भन्यो

    राता निला पहेला टल टल परेका
    मकैका गेडा लाइ
    पप्लु खेल्दा पैसाको सट्टा
    भोट हालुं है भाइ
    भोग लागे बगलीमा मकै
    अनि भटमास सहित
    खेल्दा खेल्दै कुडुङ्ग , कुडुङ्ग गरि
    अरुलाई पारि मोहित

    डोरिटो, चिप्स, रोटि र च्याँख्ला
    थाप्छन जुवा र खाल
    मकै बाटै जिन्दगीमा
    हुन्छन मालामाल
    भकारी कुन्यु मकैका थाँक्रा
    खोयाको हुने मुडा
    पुवा र ढिंडो खानलाई दंग
    दांत फुक्लेका बुडा

    मकै , काँक्रो , आलु अनि
    हरियो भटमास
    अगस्त ३ मा सबैको
    झंडे घरमा बास
    सिला खोज्न आलु सबै
    डेलाबर धाए
    कबिता कोर्न कबि पनि
    नेपाल बाट आए

  • Subhadra Jaisi says:

    काँक्रा छन अझै हिरयो ।
    अचार अरुकै तयार गरियो ।।

    राम्रो लाग्यो भाषा स़य बष अघिको ।
    हर्ष उल्लास ल्याएकोछ ईमेलले सँघिको ।।

    डोको नाम्लो के पाइन्थ्यो यो देशमा ।
    पाइएत हुन्थ्यो राखन आलु मकै तेसैमा ।।

    कुटो कोदालो छन यहाँ तयार ।
    भए आलु खन्नलाई तत्पर ।।

    छन राडि र मान्द्रो तयार ।
    सुतौंलानी हामी लस्करै लाएर ।।

    आंउदै हुनुहुन्छ कटाल हाक लिएर ।
    ग्रान्टको कागज भोली दिएर ।।

    डर लाग्यो है एम्बेसेडर भन्दा खेरी ।
    छोडि जागीर लाग्ने हुन की राजनितिमा फेरी ।।

    सुभद्रा तथा परिवार

  • Santosh Risal says:

    सय बर्श भन्दा अगाढिकै कुरा गरौन त, लौ त –

    “जाइ कटक् नगरनु, झिकी कटक् गर्नु”

    (कस्ले, कस्लाई, कहाँं र किन भने?)

    प्रिय मीत्रहरु, अब देखि ईमेल पठाउँदा मेरी सय बर्श भन्दा अगाढी देखि चिनेकी धर्म पत्नी को ईमेल पनि जोडि दिनु होला

  • Dhruba Khanal says:

    भन्न त पृथ्वी नारायण शाह ले भने, तर कस्लाई, कहाँ र किन भने भन्ने चाही थाहा भएन! J
    /-D

  • खरीढुंगे महाराजा says:

    महाराजा को संदेश

    यो जाइ कटक्, झिकी कटक् को सब्द
    १०० बर्ष पहिले मैले भनेको त होइन, कसले भनेछ त हँ ?

    बरु
    देखाई चटक सत्रु लाइ झटक
    घोडा चडी भटक भटक

    चाहिं मैलेनै भनेको हुँ

    खरीढुंगे महाराजा

  • Deb P. Jaisi says:

    रमाइलो त अति नै कविता पढ्दा अनि तेस्को भावनामा सएर गर्दा
    एक सय बर्ष पहिलेको झिकी कटकको कुरा गर्दा:
    सुट्ट झिकी खुकुरी पोल्टाबाट चप्प मुला काटी,
    उजाएको दाँतले क्रमक्रमगर्दै पोलेको मकै लस्लस पिनेको मुला को अचार संग
    उही खरी ढुंगे डाँडामा चिप्लैद पल्टदै सबैलाई ‘जिनिश’ को आशिर्बादले
    हामी आँफै बिचमा घटेको हुनु पर्छ यो -पुर्व जुनीको कुरा भन्दै
    ढोल ठोकी सोर्है आना सत्य हो भनि ठोकन गरि लिया।

    एक सय बर्ष पहिलेको उर्दी लगाउने चलनलाई सम्झी
    इतिहांस हो किन मैले पालना नगरुँ भनि
    भन्न मन लाग्यो जे होस् जे परि परि ..
    अभिन्न मित्रहरुले आ-आफना बगैचे मेच लिएर आउने
    चार पांग्रे पुष्प बिमानमा पुष्पबर्षात सहित खरी ढुंगा धाउने
    ‘बालुवाको घडी’ हेरी तिन बजे टक्क बिमान अवतरण गराउने

    अनि १०० भन्दापनि पहिलेदेखी संगैको धर्मपत्नीसंग
    ढलक ढलक अनि झमक झमकगर्दै एउटा गीतमा दु-एकल पक्कै नाच्ने
    बरु हामीलाई सुटुक्क गीतको अग्रिम जानकारी होस् ..
    मौवाको रसको मसीले घाँस पेलीपेली बनाएको नेपाली कागजमा
    बाँसको कलम समाई निर्धक्कसंग पाना पानामा तम्सुकजस्तै लेख्न पाइयोस ..

    सुकुल र मान्द्रोमा बसे पछी ‘बालुवाको घडी’ को बेटारी सकियोस
    के के हुन्थ्यो १०० भन्दा पहिले सबै हेर्न पाइयोस
    एती कला र मनका धनी मित्र हरुबाट
    अर्को सुनौलो इतिहास कोरियोस

    सुलसुलेले सुटुक्क भन्यो आज बिहान, खुल्दुली झनै गाढा भो
    बाँकी मित्रहरुको खेश्रा कविता झन्नै उत्तराद्र मा छ रे
    कहिले ‘सुनारको सयचोट लोहारको एकचोट’ आउनेहो भन्दै
    आतुर छों बाँकी सबै हामी इमेल छिन छिन मा हेर्दै

    दर्शनभिलासी
    जैसी परिवार

  • Subhadra Jaisi says:

    अगस्त ३ मा गाउने सामूहिक गित

    केटा — आ हा भेटैमा भा छ नौजाले मायां, आज रोधि घरैमा
    केटि — आ हो रोधि घरैमा

    केटा — आ हा मनभरी आस बोकेर आछु, म त तिम्रो भरैमा
    केटि — आ हो तिम्रो भरैमा

    केटा — हो छायाँ सिरफुल मायाँ सालैजो
    दुबै _ म त तिम्रो भरैमा

    दुबै _ धेरै पछि मायाँ भेट भाछ
    मन मुटु साटौं झैं लाइ राछ

    दुबै _ धेरै पछि मायाँ भेट भाछ
    मन मुटु साटौं झैं लाइ राछ

    दुबै _ धेरै पछि मायाँ भेट भाछ
    मन मुटु साटौं झैं लाइ राछ

    दुबै _ मन मुटु साटौं झैं लाइ राछ

    केटा _ आ हा चन्द्र झैं रुप लहरे केश, लजाउनै नयन
    केटि _ आ हो उनै नयन

    केटा _ आ हा बोलि देउ मायाँ मनमुटु खोलि , आफनो कोहि भएन
    केटि _ आ हो कोहि भएन

    केटा — हो छायाँ सिरफुल मायाँ सालैजो
    दुबै _ आफनो कोहि भएन

    दुबै _ चोखो मायाँ लाउन मन लायो
    तिमलाइ भेटि सारा पिर हरायो

    दुबै_ चोखो मायाँ लाउन मन लायो
    तिमलाइ भेटि सारा पिर हरायो

    दुबै _ चोखो मायाँ लाउन मन लायो
    तिमलाइ भेटि सारा पिर हरायो

    दुबै _ तिमलाइ भेटि सारा पिर हरायो

    केटा _ आ हा स्याउ जस्तो गाला मोहनी रुप्ले, चोर्यो मेरो यो मन
    केटि _ आ हो मेरो यो मन

    केटा _ आ हा ति मै् हो यो ज्यान तिमै् छ मायाँ , देउ है लालि जोबान
    केटि _ आ हो लालि जोबान

    केटा _ हो छायाँ सिरफुल मायाँ सालैजो
    दुबै _ देउ है लालि जोबान

    दुबै _ जाँ हेरे नि दायाँ र बायाँ
    तिमै् तस्बिर झल्किन्छ निरमायाँ

    दुबै _ जाँ हेरे नि दायाँ र बायाँ
    तिमै् तस्बिर झल्किन्छ निरमायाँ

    दुबै_ जाँ हेरे नि दायाँ र बायाँ
    तिमै् तस्बिर झल्किन्छ निरमायाँ

    दुबै _ तिमै् तस्बिर झल्किन्छ निरमायाँ

    केटा _ आ हा लाम चोखो मायाँ जुनिभर जिउने, दुइ ज्यानले आँटेर
    केटि _ आ हो ज्यानले आटेर

    केटा _ आ हा दुई मुटु एउटै बनाउँ है मायाँ , रुमाल िचनो साटेर
    केटि _ आ हो चिनो साटेर

    केटा _ हो छायाँ सिरफुल मायाँ सालैजो
    दुबै _ रुमाल चिनो साटेर

    दुबै _ मायाँ संग साटेर मुटु
    भन्छ मनले जुनिभर नछुटुं

    दुबै _ मायाँ संग साटेर मुटु
    भन्छ मनले जुनिभर नछुटुं

    दुबै _ मायाँ संग साटेर मुटु
    भन्छ मनले जुनिभर नछुटुं

    दुबै _ भन्छ मनले जुनिभर नछुटुं

    केटा _ आ हा थाहा नै पाइन यो मेरो मन, कता तिर हरायो
    केटि _ आ हो तिर हरायो

    केटा _ आ हा यो सोझो ज्यानलाई मायाँले आज, रनभुल गरायो
    केटि _ आ हो भुल गरायो

    केटा _ हो छायाँ सिरफुल मायाँ सालैजो
    दुबै _ रनभुल गरायो

    दुबै _ तिमो् लागि यो ज्यान भो बौना
    अरु चाह अबता केहि छैन

    दुबै _ तिमो् लागि यो ज्यान भो बौना
    अरु चाह अबता केहि छैन

    दुबै _ तिमो् लागि यो ज्यान भो बौना
    अरु चाह अबता केहि छैन

    दुबै _ अरु चाह अबता केहि छैन

    दुबै _ अरु चाह अबता केहि छैन

    जैसी परिवार

    http://m.youtube.com/watch?v=UifxJ1fAbao

    सालैजो गित ( राजु र सर्मिला गुरुङ २०१३ )

  • Santosh Risal says:

    प्रश्न: “जाइ कटक् नगरनु, झिकी कटक् गर्नु”

    (कस्ले, कस्लाई, कहाँं र किन भने?)

    ऊत्तर्: “आँफैं जाइ नलाग्नु , आयिलाग्नेहरुलाई नकाटी नछोड्नु”

    १। पृथ्वी नारायण शाहले २। आफ्ना सैनिक हरुलाई ३। मकवानपुरगधि-सिन्धुलिगधी को लडाईंँमा ४। सेनाहरुलाई उत्साहित र बलियो बनाउन

    मैले प्रश्न सोधेका थिएँ चार भागमा बांडी
    एक प्रश्नको २५ मो रु राखेँ मैले थांति
    कूल मिलाई १०० मो रु जग्गा ज्यथा बेची
    जित्नेले पाउने भया महाकाली देखी मेची

    शैलु राजा बाठा भया पहिलो उत्तर मिल्यो
    हाम्रा राजा खुशी भया २५ मो रु दियो
    त्यो जवनाको भारी मो रु अहिले कहान पाउनु
    पक्का न्याये पाउनलाई गोर्खा दर्वार् धाउनु

  • Deb P. Jaisi says:

    छक्क के छक्क तीन छक्क पो परियो
    कहाको खरिढुंगे महाराज आइपुगे भनेर छलफल गरियो।
    सन्तोस जी नतमस्तक छु तपाइको परिकल्पनामा
    सोच्नै नसकिने एस्तो के होला भनी सपनामा।।

    Zillion छक्क परियो खरिढुंगे महाराज लाई ऋण बोकाईदिंदा
    ती त भारी मोहोर हुन, होइनन कागजका बिटा।
    खोज्नै परेपनी ती मोहोर कहाबाट पाउनु
    कस्ले बोक्ने को हुन् तिनी physical चाँही गराउनु।।

    धन्नै थिए महाराज १00 बर्ष भन्दा पहिले
    नत इमेल नत ओउटलुक नत परिकपनाकार उहिले।
    नत्र भने पृथ्वी नारायणलाई लाग्दैनथ्यो तेति लामो नेपाल एकीकरण गर्न भनि
    ठोकुवा येही गरियो खरीढुंगामाथि बसी हामी साधु जनमानसले गनी गनी।।

    बरु याद आयो हलीवुड जाँहा गांइ गुइ हल्लाछ परिकल्पनाकारको कमी भयो भनी
    रुस्लान कथा र एन्ग्ल्सि इतिहांस लाई खिचडी बनाई नया स्टोरी लेख्छन कनी कनी।।
    पक्कैपनि होला बेसी होला तपाईको तेता एक नजरराना
    Beaver डाँडाको घर के थाहा आधुनिक महाराजा को कल्पना।।

    हामी अखिलजैरीबालाईपनि निंहू हुने हलीवुड धाउने
    के थाहा अखिलजैरीबाले हलीवुडमा नया रोल पाउने।
    तपाईको परिकल्पना र अखिलजैरीबाको कला
    के थाहा नयापनले ओस्कार पाउने मुहल्ला।।

    जैसी परिवार

  • Shai Khanal says:

    मेरो कविताको शिर्षक छ : :”प्रजा राजा तेती बेला ”

    जन्मेको त थिएनौ है सय बर्ष अगाडी
    थाहा छ मलाई तर के हो गुन्द्री अनि राडी
    अहिले जस्तो कहाँ हुनु नी मोटर र गाडी
    खासै देखिदैन आजकाल मकै भुट्ने हाँडी !

    डोको नाम्लो घाँस दाउरा सुन्दै रमाइलो
    बदाम खादै शरीर तताउदै घामै घमाइलो
    असारैको रोपाइँमा छ्याप्दै छ्याप्दै हिलो
    रोपाईं गर्थे मोरी मोरी दुखाउन्दै फिलो !

    गोर्खा सरकारलाई अब नाइक्या नराख्नु
    भोटबाट आएको रकम श्री ३ लाई दिनु
    रिस उठे बम बहादुरलाई गोलि ठोकी दिनु
    कोत पर्ब भण्डारखाल अनि युद्ध गर्नु !

    तोप पढ़काइ भब्यसंग सलामी त्यो गर्नु
    सर कालिन क्याम्प्वेल्लाई स्वागत गरि ल्याउनु
    बेगम कोठी कब्जा गरि आच्छु ताच्छु पार्नु
    सजाय नदि श्री ३ ले चुप चाप लागि बस्नु !

    महाराजकी जय होस् !!
    हासुंकबि शैलेन्द्र नाथ

  • Shai Khanal says:

    हाम्रो लागि खरी ढुंगा हलिउड जस्तै
    ओस्कर सोस्कर मतलब छैन घर पछाडी लस्कर
    सबैलाई धन्यबाद है हे पाठक बृन्द
    सबैलाई धन्यबाद है हे लेखक बृन्द
    झुकी झुकी नमस्ते भन्छ यो शैलिन्द्र !

  • Sunita Aryal says:

    लौन लौन म के लेखौ , कोहि आशु कबि त कोहि हाँसु कबि
    जो जे भए पनि हुनेभो अ ख ल जै रि बा को अम्रिकामा निकै ठुलो छबि

    इतिहास मै नभएका कहाँ बाट आए खरी ढुंगे राजा
    डेलावर तिर हिजो आज चलेको यही हो कि खबर ताजा ?

    कस्ता छन् ति राजा हामीले पनि पाउनु पर्छ दर्शन
    सिंह जस्ता पो छन् कि ?
    खरी ढुंगा थर्काउने पो हुन् कि गर्दै ठुलो गर्जन

    हामी भा छौ आतुर यो हप्ता का बाकी दिन काट्न
    सबै जना खरी ढुंगा तिर लागि कला अनि कविता छाटन

    तर्से हालीउडका कलाकार देखेर अ ख ल जै रि बा को निकै चर्को style
    सुलसुले ले भर्खर खबर ल्यायो गर्ने भए रे उनीहरुले bankruptcy file

    हे भगवान छिट्टै अगस्ट ३ तारिख दिउसो ३ बजाई देउ
    प्रभु हामीलाई डेलावर मेमोरिअल ब्रिज पारी पुराई देउ
    खरी ढुंगे महाराजको छिट्टै दर्शन मिलाई देउ

    अर्याल परिवार

  • खरीढुंगे महाराजा says:

    माहाराजा कस्ता छन्

    माहाराजा छन् बलिया
    कामैमा दलिया
    तनका भकारी ठुला
    काम गर्छन मसिना
    कपालमा पसिना
    भन्थे जुद्ध बिर बुडा

    खरीढुङ्गा रुङ्गि बस्छन
    सत्रुमा जाइलाग्छन
    आँटिला साह्रै छन्
    हेर्दैमा भीमकाय
    मारुनिलाई आँखा लाए
    भन्थे बुद्ध बिर सुब्बा

  • Deb P. Jaisi says:

    प्रिय मित्रहरु,

    भर्खरमात्र मेरो घनिस्त्र मित्र र पुर्व जन्मका सहोदर दाजु हाल काल्धरा काठमाडौँ बस्ने शैलेन्द्र नाथ खनालबाट १०० बर्ष पहिले लेखिएको चिट्ठी हुलाकी मार्फत प्राप्त भयो। करीव ५०० बर्ष पहिले नेपालभित्रकै अनुसन्धानबाट निकालीएको नेपाली कागजमा लेखिएको चिट्ठी र नेपाली कागजकै खाममा सिल्बन्द चिट्ठी पाउदा साह्रै गर्व लग्यो।
    पत्र पढ्दा खुसीको सिमाना रहेन – उहाको १०० बर्ष पहिलेको चिन्तन मुख्यतय ‘क्लिमेट चेन्ज ‘ र बिध्यार्थीको अध्ययनको प्रतिष्पर्धाको बिषय साह्रै मननीय लाग्यो- उंहाको अनुमान कति सांचो हुन पुग्यो अहिले यसैमा तिन चकित छु।
    उहाको चिट्ठी यसैसाथ नथ्थी गरेर पठाएको छु। कृपया चिट्ठीको गोप्यतालाई कायम राखिदिनु होला।

    तपाईकै
    देब
    उही खरीढुंगे डाँडाबाट

  • Samira Luitel says:

    जहाँ मकै मुन्टा मोही माग्न जाँदा भुलियो उहीं – महानन्द सापकोटा

    श्राबणको महिना हरियो मकै काँक्रोको अचार
    मुन्टाको भुटान मोहीको सितन क्या मिठो परिकार
    रमाइलो जमघट नेपाली हाम्रो दिन गन्दै कुरेर
    यो साइत जुर्न कम्मर कस्ने जैसीलाई नमस्कार

    संस्कृती हाम्रो सारैनै राम्रो रमाइलो गर्ने
    दुखः र सुख आँसु र हाँसो साटेर जिउने
    के छ र लानु मरेर जानु एकबारको जिबनमा
    हाँसेर बितोस सबैको पाला बिदेशी मुलुकमा

    हरियो मकै सम्झेर मेरो जिब्रो रसायो
    भेटघाट हुने समय कुरी झन् मन रमायो
    मादल बजाई छम छमि नाच्ने त्यो पालो कुर्दै छु
    अगस्ट ३ रमाइलो साँझ को बाटो म हेर्दै छु

    Jahan Makai Munta Mohi Mahanada bhuliyo wahin – Mahanada Sapkota

    Sawan ko mahina hariyo makai kankrako achar
    Muntako bhutan, mohiko sitan kya mitho parikara
    Ramailo jamghat Nepali hamro din gandai kurera
    Yo sahit jurna kamar kasne Jaisiji Namaskar

    Sanskriti hamro sarainai ramro ramailo garane
    Dukha ra sukha aansu ra haso satera jiune
    Ke chha ra lanu marera janu yekbarko jiwanma
    Haserai bitos sabaiko pala bideshi mulukma

    Hariyo makai samjhera mero jibro rasayo
    Bhetghat hune samaya kuri jhan mana ramayo
    Madal bjai chham chhami nachne tyo pala kurdai chhu
    August tin ramailo sanjhko bato ma herdai chhu

    Thanks for turning me to a poet

  • santosh risal says:

    झन्डै एक सताब्दी अगाडि हाम्रा एकजना तल्लाघरे बिरक्ती काइला चट्यान पड्केको सुनेर भाग्दा, सुकेको गुइँठामा ठेस् लागेर उत्तानै बितेका थिए. पछी उन्को पटुकोमा एउटा कागजको डल्लो फेला परेको थियो – हेर्दा त येसरि मनको बह पोखेका रहेछन् मिस्टर् काइँलाले ;

    के जान्या छु र, कुरै त हो नि एसो बसिबियाँलो
    काम गरुँ नगरुँ हलो अनी कुटो कोदालो
    भोली के होला, उहिले के भाथ्यो, नानाथरी खुल्दुली
    बात् मारूँ भने कि त थारो भैंसि छ कि त घ्याम्पे बुढि

    भन्थे राजाको काम कहिले जाला घाम्
    खाने को नाममा कि फापर छ कि उसिनेको माम्
    हात्मा फुटेको कौडी छैन जिउमा बस्त्र धरो
    कता जाउँ केपो गरौं भएँ निकम्मा नकचरो

    पढ्ने गुन्ने बेलामा डन्डी बियो को मजा
    उमेर पुगी ऐना हेर्दा दाँत्मा पनि मुजा
    बाले भनेको मानिन् आमाको सिको जानीन
    यो दिन पनि आउँछ भन्ने कहिले पनि ठानिन

    कहिले यता कहिले उता कहिले पानी पंधेरो
    साथी भाई मुग्लान पसे, आफ्नो मुखै अन्धेरो
    छाती पिटी रोउँ भने करङ् भाचिने डर्
    आकाशको फल ताकें, अब आँखा तानी मर्

    क्यार्नुतनी ???

    कागजको डल्लो पढेपछि येहाँको मन निराश भयो होला – येसो मन बहलाउन पुराना पुराना तस्बिर हरु पनि साथै नत्थी गरिदिएको छु – जय होश्!!
    अबको दुई प्रहर पछी त जम्का भेट भाईहाल्छ नि –
    मुठ-भीडको लागि तयार हुनुहोला – कि त कर्द उठाउँला, कि त दर्द बिछाउंला !!

    तारेमाम्!!

  • Subhadra Jaisi says:

    १९१३ अगस्त ५ खरिढुंगा

    आगमनले सबैको डाँडै झलमल
    हामो् ओठैमा त्यहि कुरा पलपल

    धन्यवाद छ है हजुर सबैलाई
    रमझम पार्नु भो गित गाई गाई

    बित्यो २४ घण्टा रमी रमी
    म्यानेजमेन्टको लाग्यो थोरै कमि

    सुनियो हेरियो अर्को राटि्य गान
    १०० बर्ष पहिलाको जंगि निशान

    सवारीले पार्यो पाँच चकित
    पूग्दा डाँडामा भाको कति थकित

    अम्रिकाका सामान कती हुन राम्रा
    नं १ साथिहरु छन है हाम्रा

    अगस्त ३ हामिलाई भुल्न गाह्रो भो
    नयँ बर्ष कहिले आउला जस्तो भो

    शुभ सन्ध्या
    जैसि परिवार

  • Sunita Aryal says:

    आइपुग्यो इमेल देबजी र शुभद्राजी को ” १०० बर्ष पहिले ” भन्ने निम्ता
    कसरी मनाउने ? के गर्ने ? के लाउने ? पर्यो अ ख रि परिवारलाई चिन्ता

    सोच्न थाल्यौ सबै मिलि के गर्ने भनि लगाई बाउ बजेको बुद्धि र बल
    श्रीमती र श्रीमान समूह मिलि गर्न थाल्यौ दिन का दिन conference कल

    शुभाद्रजीले दिनु भो सल्लाह सजिलो लुगा लगाउने
    अनिबार्य सबै मिलि दोहोरि नाच्ने र रोइला गीत गाउने

    हामी पनि खोज्न थाल्यौ कुन लुगा लगाउदा सजिलो होला
    १०० बर्ष अघि सबै भन्दा सजिलो लुगा रहिछ गुन्यु चोला

    पुरुष वर्ग ले लाउने भए इस्टकोट, दौरा र कछाड
    कहाँ खोज्ने हो त्यो भयो उहाहरुलाई त छाड र मछाड

    छोराहरु कछाड इस्टकोट लाउन खुसि, पर्यौ हामी मक्ख
    नेपाली कल्चर को राखे उनीहरुले चासो, भयौं हामी दंग

    सबै मिलि पकायों जेरी र रसबरी
    रातको तिन प्रहर बित्यो हाँसो ठट्टा गरि

    रातिनै तयार भयो कछाड र नयाँ राजाको उपहार
    होम मेड, कस्टम मेड, अर्ग्यानिक गर्दैनन् राजाले एसको तिरस्कार

    चमेली सुन्तली गौंथली भए तयारी डेलावरको खनाल निवासमा
    सेते,राते, जिते निस्किए खाट्टी नेपाली भेष-भुसा र लिबासमा

    चिप्लो माटो हरियो बाटो थिएन हामी संग घोडा
    बल्ल पुगियो खरी ढुंगा, हिंडदा हिंडदा गले हाम्रा गोडा

    हाम्रो पल्टन देखि सबै छक्क, ढिलो भए पनि भयो ठुलै स्वागतम
    छिमेकी पनि खुशी भै भने you guys are awesome

    रातको २ बजे सम्म नाच ,गान नाटक गरियो
    मिठा मिठा, अर्ग्यानिक खानाले पेट भरियो

    जैसी परिवार लाई

    गर्नु भयो येत्रो ठुलो बिशाल आयोजना
    जता ततै भयो यो कार्यक्रमको चर्चा र बर्णना

    कोटी कोटी धन्यवाद छ देबजी र शुभद्राजीलाई
    हामी सबैको तर्फ बाट मुरी मुरी बधाई

  • admin says:

    अगस्त ३ मा जैंसी परिवारलाई कत्रो चटारो
    परया थियो हामी लाइ निकै अफ्ठयारो
    लाउन, बोल्न, हाँस्न पनि रहेछ गाह्रो
    अब हेरौं फोटो तथा भिडियोको झटारो

    काएम राखेम हामीले आफ्नो मौलिकता
    देखेम बाहुल्यमा आफ्नो समानता
    यही नै हो बहुजाती संस्कृतिको जतनता
    नेपाली मन नेपाली पन आफ्नो सहनता

    जैंसी परिवारलाई धेरै धेरै धन्यबाद यस्तो अबिस्मरणीय कार्यक्रम राख्नु भएकोमा

  • Santosh Risal says:

    त्यो दिन पनि गएछ – एस्तो भएर भएछ!!

    काम देखी घर आयी सामान बटुली गन्तब्य न्यू जर्सिको
    बाटो भिड थिएन सवारी द्रुत गतिमा बर्षाले पुग्न रात भो
    हाँस्को छ्वेला खसिको कलेजा भारती झोल पिउन्दै
    मिठाइ पकाइ कछाड् कौपिन सियी रातभरी हामी बिउँझै

    महिना श्रावण शनीस्चरको दिनमा खरिढुँगे डाँडा पुगियो
    सबसाथ चुपचाप् समाइ हात चौरमा फन्को लगाई घुमियो
    पहिरन पक्का नेपाली पनमा कछाड् दौरा टोपी
    गुन्यो चोलो टमक्क पटुका राता पहेन्ला धोती

    घरमुली अनि पाहुनाहरु आयि तीन छक्क परि हेरे
    हाम्रा पुस्ताहरू कसरी आए भनेर सब्ले हामीलाई घेरे
    के भन्नु के बताउनु सबमा जवाफ् आफैं बोल्दथ्यो
    हाम्रो चाल् ढाल सबमा नेपाली पन खूल्दथियो

    मिलाई हात हाइ हेल्लो साथ सबमा घुल्मिल तुरुन्तै भएउं
    के खाने अब के पिउने भनी एकसाथ हामी गराजमा गएउँ
    खानाको थियो अथाह पारीकार सेल रोटी खट्टे अचार्
    मकै मासु तातो आलु पिलेटमा कोही त काँक्रो खाँदै लम्पसार्

    झोलको कति महिमा म के गरुं ती रंगी बिरंगी थिए
    कोही म चाख्छु मात्र भन्दथे कोहिले भुड्कै उठाइ पिये
    कस्तो रमाइलो त्यो द्रिस्य हेरदा घर भित्रै बनभोज भाको
    बर्षाले केही छेको गरेपनि हाम्रो मजा त्यहाँ छेक्ने को?

    भुइतल्ला तिर लागे सबै सुरुसुरु जुलुश आए सरि
    रातो र चन्द्र सुर्य धोजमा तातो रगत सलबली
    के मान्नु अचम्म म के भनु शरीरमा काँडा एशै उम्रियो
    मुटुमा देश भाक्ति जागी खुशीले आँखा रसाइ दियो

    नाटकअको पनि जमर्को गरियो, पुरानै रीत जसरी
    सुन्तली चमेली र गौथली मिली हँसाये मार बेस्सरी
    जब आए ति जुँगे महाराज लिग्लिग कोटै काँपियो
    सक्कली नभयेता पनि त्यो कालो जुँगा राम्रै सँग टाँसियो

    सेते र जिते मिलेर राजामा चडाये मुद्दा उजुरी
    सुन्तलिको बिरक्ति रागमा, नाचिन् गंगाले मुजुरी
    राजाले लिये अबकास नाम उनको रुपेन्द्र महाराज
    तुरुन्तै नियुक्ती गरियो अर्का खरिढुङेले लिये राज

    स्वोप्नामा पनि थिएनन सोचेका यो दिन आउँछ भनि
    तत्कालै अखडा जमाये घरमुलि खरिढुङे राजा बनी
    बाटो खुल्यो समस्त जनता सबै हास्न र गाऊन लागे
    कोही मादल ठोक्न ब्यस्त भए त कोइ जानुछ भनि भागे

    रात्रीको दुई प्रहर सम्मनी सब जागै र जिउन्दै थिए
    कोही खाना थपी घुर्न मस्त भने कोही अझै पिउंदै रहे
    खानु पिउनु हान्स्नु र नाच्नुको कमी कहाँ पो कस्लाई छ र
    मौका एस्तो मिलोश गैरहने तेही खरिढुङे झन्डे घर

    जे हुनु भयो कदापी नहुने थियो नभये ती देब दम्पती
    के थियो थिएन धुकुटिमा उनको तर मन्मा अथाह सम्पति
    आभारी भएउँ सबजना अब यहाँ बयान गर्नु सिबा
    के बाँकी हुन दिएर उनले रक्षा गर अखलजैरिबा

    यस्तै हो जब हुन्छ सबमा एकमुस्ट देश भाबना
    जहाँं जसरी बसेको भएनी एउटै समान कामना
    जिउन्दै राखुं यो सुत्र हामीले अटल् रहोश यो रिती
    मनमा रहोश स्वोच्छ बिचार सदा सु-शान्ती प्रब्रिती !!

    हाम्रो जय होश!!
    अशाससुरि परिवार

  • Dhruba Khanal says:

    धन्यवाद ज्ञापन…जैसी परिवार लाइ …..

    श्रावन उन्नाइश डेलावर नगरी, ठुलो थियो जमघट,
    थिए स्वादिस्ट अनन्त परिकार हरु त्यहाँ, सोम रस घट घट

    देखाए सबले तेसै समय मा, आ – आफ्ना बिशेसता
    रमाई सबको थियो जमघट बिशे, सम्पूर्ण संलग्नता,

    पाईयोस मौका यशै गरि फेरी पनि, कायम रहोश पद्दति
    हुन्छ है येशैगारी बिदेशमा, सम्रक्ष्यण संस्कृति

    छावोश जैसी परिवार गृह बिशे, किर्ति अनि वैभव
    फैलुन नाम येत्र तत्र विश्वभरी, दाहिना रहुन भैरब

    नमस्कार |
    खनाल परिवार,
    न्यु जर्सी

  • Subhadra Jaisi says:

    धन्यवादको खोला सारै ठूलो आयो
    मकै मेला साच्चै राम्रो भएछ कि जस्तो लायो

    घर एकलै हाम्रो , के हुन्थो राम्रो
    उज्यालो भाको, संगिहरुले गर्दा हाम्रो

    अमूल्य समय सबैको त्यो कति कति हो
    बयान गरुं कसरि, कति सारै राम्रो मति हो

    लौन प्रभु फेरि भेट हुने मौंका मिलाईदेउ
    हामि सबैले भनेको, इच्छा पुर्याइ देउ

    उहि खरिढुंगा बासी
    देसुसुसजै

  • Shai Khanal says:

    अनगिन्ति भोज भतेर अनगिन्ति कार्यक्रम
    नेपाली पन कायमै राखम
    अनगिन्ति भोज भतेर अनगिन्ति कार्यक्रम
    नेपाली पन कायमै राखम

    भाइचरा र एकताको झंडा हामि फैलाउम
    नेपाली पन कायमै राखम
    भाइचरा र एकताको झंडा हामि फैलाउम
    नेपाली पन कायमै राखम

    परवाह गर्नु पर्छ इज्जत हामि दिलाउम
    नेपाली पन कायमै राखम
    परवाह गर्नु पर्छ इज्जत हामि दिलाउम
    नेपाली पन कायमै राखम

    जैसी परिवारलाई मुरी मुरी धन्यवाद
    नेपाली पन कायमै राखम
    जैसी परिवारलाई मुरी मुरी धन्यवाद
    नेपाली पन कायमै राखम

    नेपाली पन कायमै राखम

Leave a Reply to Dhruba Khanal Cancel reply