आयो आयो आयो जनवरी २६ तारीक २०१३

Prizeआयो ! आयो !! आयो !!!
२६ जनवरी २०१३ नजिकै आयो
यो सबैलाई २६ तारिख सम्झाउने शन्देश हो

हाम्रो घरमा भेट घाटको माहोलले समय नपाएको, आज भोलि भन्दा भन्दै एक बर्ष पुरा हुन २ दिन पो बाकीभैसकेछ , सबै जना आतुरनै हुनुहुन्छ होला गित गाउन, नाच्न , चुट्किला सुनाउन अनिअरु रमाइलो गर्न को लागि  । यसपालीको जमघटमा  सबैले आ-आफ्नो खुबि अबश्य  पनि  देखाउनु हुनेछ। हामि हाम्रो परम्परागत चलन लाइ निरन्तरता दिन, सांगितिक कार्यक्रम का साथै  विभिन्न अभिनय गर्नेप्रतिस्पर्धा  लाइ  कायमनै  राख्ने छौं । अरु कुनै रमाइला
कार्यक्रम भए समयमै जानकारी गराउनु होला अथवा संगै लिएर आउनु होला।

आज भोलि बाटै अपनाउनु पर्ने सुझावहरु :
१. हुलमुलमा नजानु रुगा खोकी सर्न सक्छ -गला खराब भै गीत गाउँन अप्ठ्यारो पर्ला
२. फ्लु भ्याक्सिन दिएर स्वस्थ रहनु होला
३. समयमै खाने, सुत्ने, अनि हल्का  ब्यायाम गर्नु होला, शरिर तन्दुरुस्त राख्नु को लागि  – बेस्करी उफ्रेर नाच्नु पर्छ

सुनिन्छ कतिपय साथीहरुले त  धेरै अघि देखि नै   निकै अभ्याश  गरिरहनु भएको छ रे , प्रतिस्पर्धा  चर्को नै होला जस्तो छ।अहिले सम्म निम्त्याएका सबै जनाले आउने बाचा गर्नु भएको छ।यसैले हामी अत्यन्त खुशी छौ। बाँकी रहेको अरु सबै  भेट घाट मै गरुँला

अर्याल परिवार
३० आर्डस्लि कोर्ट
इस्ट  ब्रन्सविक, न्यु जर्सी ०८८१६

Musical_instruments-nepali

कार्यक्रम पछि र कार्यक्रम मा खिचिएका भिडियोहरु

 

अखल जैरि बा

चीन नेपाल हाउभाउ बार्ता

Categories: Party Blog

46 Comments

  • Dhruba Khanal says:

    प्रिय मित्र रुपक् जी,
    नमस्कार |
    तपाई को निमन्त्रणा को लागि धेरैधेरै धन्यवाद|
    तपाई को सुजाबअनुसार हामि ले सबै तयारी गरि सकेका छौ र २६ गते को आगमनको निक्कै ब्यकुलता का साथ पर्खाइ मा छौ |
    राम्रो हप्ता अन्त को शुब्कमाना सहित,
    खनाल परिवार
    पिस्कतावय, न्यु जर्सी
    1/20/13

  • Santosh Risal says:

    रुपक दाई तथा सम्पूर्ण (तिनै जना अर्याल परिवार),
    २६ तरिख भेट घाट हुने गाई गुइँ हल्ला त पाएको हो तर हलसालै बिशेष सुत्र (सुल्सुले) बाट थाहा भये अनुसार भेट घाट ले निकै चर्को रूप लिंदै छ भन्ने सुन्न मा आएकोले यो मन अली हड्बडाएको छ र साथै यो बाँकी एक हप्ता कसरी चान्डै बिताउने हो भन्न्ने तर्कना ले यो वीकेन्ड् पनि लामो लागि रहेको छ. तयारी त के नै गर्नु छ र , यो सबै कुरा न्याचुरल् र येथावत् मन पर्ने मान्छेलाई, जे जानेको छ तेही अर्पन गर्ने हो – घर मूली को नाताले खाले त तपाईं हरु नै हो, आफु परियो च्यांखे थाप्ने मान्छे, तर पनि अएको बात् छैन । यो रमाइलो जमघट अबिस्मरणिये नै होला भन्ने आशामा दिन गन्दै छु, औन्ला भाच्दै छु।।।।।।।।।।।।।
    सन्तोष रिसाल तथा परिवार
    1/20/13

  • Shai Khanal says:

    प्रिय साथी रुपक्जी तथा परिवार,
    नमस्कार!
    अर्को हप्ताको कार्यक्रम्मा सङ्लग्न हुन आतुर लागिरहेको छ। तयारीको हिसाबमा शुन्य छ। शनिबार आएर हो-हल्ला गर्ने हो। छिमेकिहरुलाई समयमै खबर गर्नुहेनेछ भन्ने आशा गर्दै आजलाई बिदा लिने अनुमती माग्दछु। तपाईंको बहुमुल्य सुझाबहरुको लागि धेरै धेरै धन्यवाद।
    उही साथी,

    शैलेन्द्र तथा परिवार
    01/21/13

  • Deb P. Jaisi says:

    रुपक जी र परिवार
    बहुमुल्य सुझाब को लागि मुरी मुरी धन्यवाद। हाँस को बिचमा बकुलो भनको त थाहा थियो, तर आँफै त्यो बकुलो हुने त्त्रासले भयवित छों। आशा छ हाँस र बकुलो को कहानी मा बकुलो कहिले
    पनि हाँस नहुने भए पनि, हामी कालान्तरमा हाँस बन्न प्रयास गर्ने छो। आज ओबामा को सुब्भा राज्येभिशेक को दिन याद आयो- “द अडासिटी अफ होप”. आशा गर्दैछो होप कि शक्ति बलियो हुनछ भनेर।
    सैलेन्द्र जी को सुझाब मनन योग्य लग्यो – छिमेकी लाई पक्कै भन्नु होला – नत्र भने हामी कान को ठेडी लिएर आउने छों।
    उही तपाई को
    खरिढुगे डाँडाका मित्र हेरु,
    01/21/13

  • Sunita Bas​tola says:

    Rupak babu, MUnu and Subrat,
    Thankk you for the invitation, we are looking forward to be there on Saturday……cannot type in nepali….
    Thank you
    BAstola family
    1/21/13
    Reply

  • Shua Bastola says:

    Sahar bhitra keko halla meri Sunita aune belama…!!!!!

    Shatrughan Bastola MD, MPH, HO
    18 Fenwick Avenue
    Pennsville, NJ 08070
    Tel: 856-678-6448 (HOME)
    01/22/13

  • रूपक अर्याल arupak says:

    थप जानकारी
    समयको प्रबाह नरोकिने रहेछ, यो शन्देस कोरुन्जेल ६६ घण्टा बाँकि भैसकेछ , २०१३ जनवरी २६ को बेलुका ४:०० बज्न, अघिल्लो शन्देसमा भेला हुने समय तोक्न छुट भएकोले हामी दोस्रो शन्देस छाँटन बाध्य भएम र
    भेला हुने समय लाइ ४:०० बजे नै सिघ्रता का साथ् लागु गर्न बिनम्र अनुरोध गरेका छौं । गर्नु-गराउनु पर्ने, देख्नु- देखाउनुपर्ने , सुन्नु-सुनाउनु पर्ने चिज बिज धेरैनै भएका ले समयलाई महत्व दिनु बाहेक अरु बिकल्प हामी संग रहेन। तसर्थ उक्त समय घडी लाइ उल्लङ्घन नगरौं |
    धन्य् बाद
    1/24/13

  • Sanjay Lamsal says:

    Namaste Didi Bhinaju
    Didi – i missed your call; have not heard the v mail yet. But quickly mentioning – we are coming for saturday.
    Will call you back soon, hai
    Bhinaju – i have been following the emails, but feel embarassed that i dont know how this TYPING IN NEPALI SCRIPT
    works; so largely have not replied back to the emails.
    THanks for this progam, and looking forward to it.
    Uhi Bhai
    Sanjay
    1/24/13

  • Dhruba Khanal says:

    प्रिय मित्र रुपक जी,
    शनिबार दिउसो २:३० बजे दंतिश कहाँ दात मा रेति लगाउन जानु पर्ने भएको ले ४:०० बजे उपस्थित हुन नसक्ने कुरा को जानकारी गराउन चाहन्छु |
    तेश कारण ले गर्दा सके सम्म छिट्टै दात मा रेति लगाएर उपस्थित हुने छौ |
    धन्यवाद |
    खनाल परिवार
    पिस्कतावय न्यु जर्सी
    1/24/13

  • Santosh Risal says:

    होइन साथीहो, नाच्नु अगाढी हाउ भाउ गरेर उफ्रिन अभ्यास गर्ने, गाउनु अगाढी सुठो र बोझो खाएर राग अभ्यास गर्ने भनेको त सुनेको हो, तर त्यो सबै कुरा गर्न छोडेर दन्त ऊपचारक् कहाँ गएर बिना-सित्तैमा दाँतमा रेती लगाउने भन्ने सुन्दा हामी गाउँका मान्छेहरु लाई अली खुल्दुली लागेको छ। सानो तीनो नभएर ठुलै खसि ढालेको हो कि भन्ने सन्का लागेको छ। तथ्य कुरो अब त्यही (४ बजे भन्दा अगाडि) आएर बूझौला – कि कसो साथी हो?
    प्लेय्जेन्ट भ्याल्ली न्यू योर्क बाट रिसाल परिवार
    1/24/13

  • Dhruba Khanal says:

    सन्तोष जी ,
    तपाईले गर्नु भएको कुरो सोरेआना ठिक हो…नाच्नु आगाडी उफ्रिने अभ्याश, सुठो खाएर कण्ठ खुलास ….तेश मा दुइ मत हुने सक्दैन |
    तर कुरा के पर्यो भने. हामि लाइ सुलसुले ले पठाएको समाचारअनुसार इस्टब्रन्स्विच्क मा ठुलै घोर्ले खसी धोका अगाडी बाधिएको छ | सुलसुले ले पठाएको खसी को तस्बिर यसैसाथ नत्थी गरि पठाएको छु | तथ्य कुरा शनिबार थाहा हुनेनै छ|
    अरु बाकि शनिबार भेट मा कुराकानी गरौला|
    खनाल परिवार
    1/25/13

  • उभिएको थियो कालो घोर्ले
    ढोकाको बाहिर पट्टी
    बनेकोछ छोएला
    निकालेर सबै हड्डी
    समयमै आए
    टपरिमै हाली दिउंला
    जाडो भए
    कालो पानी टक्राउंला
    1/25/13

  • Sunita Aryal says:

    प्रिय शनिबार उर्फ जनवरी 26 तरिख पाल्नुहुने मित्रहरु

    हालै चलिरहेको यो इमेले छेडछाड भनु या इमेले दोहोरि ले हामी सबैको आयु सेन्टरलाई धेरै प्रफुल्ल पारेको छ भन्ने सुन्नमा आएको छ। कोहि कोहि त् दिनमा चार पाँच पटक इमेल खुलेर हेर्नु हुन्छ रे भन्ने सुनिन्छ। एस्तो लत लाई राम्रो लतमा गनिन्छ।
    यस्तो अबस्तामा सबैको मुखको कुना कानको नगिचै पुग्नु स्वाभाविकै हो । मेडिकल साइन्समा यस्तो भएको खण्डमा तपाइको आयु पक्का दिन दुइ गुणा रात चार गुणा हुनेछ भन्ने प्रमणित भएको छ।
    यति रमाइला कुराको आदान प्रदान भइ रहेको बेला म पनि आफ्नो कुरा नराखी बसिरहन’ सक्दिन :–
    धुर्बजी
    खसी त बाहिर ढोकैमा बानेका थियौ तर यो मुटु छेड़ने जाडोले खुत्रुक्कै होला भनेर घर भित्रै बान्ने गरेका छौ।
    बास्तोला भिनाजु
    पहिला त हैन अब चाही शहर भित्र हल्ला के छ भने हाम्रो सुनिता दिदि कहाँ जानु भएछ र ? भन्ने।
    देबजी
    हामी त जेरी जस्तै हौ, एक अर्काको हात समातेर बसेको। तपाई बकुला भए हामी पनि बकुला र तपाई हाँस भए हामी पनि हाँस हुन्छौ, धन्दा नमानौ है
    हाम्रा कति मित्र हरु ले नेपालीमा लेख्न नआएकोले आफ्नो मन्तब्य ब्यक्त गर्न नपाएको भनि दुख ब्यक्त गर्नु भएको छ। त्यसकारण अब यही सनिबार” नेपाली कसरि लेख्ने” भन्ने किलास संचालन हुन लागेको छ। कापी कलम लिएर आउनु होला।

    सुनिता,
    अर्याल परिवार
    1/25/13

  • Santosh Risal says:

    कस्तो रमाइलो कुरा हो गाँठे – ठाउँं मा नै नपुगी खसी को दर्शन पाइने, न ब्यायाम न ब्रत, ईमेल पढेको भरमा उमेर बढने (दिन्मा दुई + रात्मा चार = छ गुना) – होइन भेट घाट नै नहुँदा त एस्तो रमाइलो कुरा सुन्न पाईन्छ भने, झन् भेट् भये पछी त कस्तो भलाकुसारी हुने हो?? थाहा पाउने हरुले त ईमेल मात्रै खोलेर हेरे होलान, सुन्न मा आएको छ, कोही कोही त बढी उत्सुक भएर ईमेल मात्रै होइन, झ्याल पनि खोलेर हेर्न थालि सके रे, खै के देखे यो जाडोमा??
    जाडो मा जीउ तताउन र अलि अलि गला रसाउन हल्का फुल्का सोम रस् को चुस्की त बन्दो बस्त भाईहाल्छ, तर नेपाली कसरी लेक्ने भन्ने किलास्मा सामेल हुनको लागि जाग्राम बस्नु पर्ने हल्ला सुनेको छु, तेसैले चांडै सुत्न पाइन्न, तेस्को लागी चाँही रातो साँडे को ट्वाक् चाँही साथैमा बोकेर आउनु होल।
    आयु सेन्टर मा पूर्ण विश्वाश गर्दै, आजलाई येत्तिनै, भोली सम्सान्झै भेटम्ला –
    शुभ शुक्रबार
    1/25/13

  • Shai Khanal says:

    लौन यो के सुन्नु पर्‍यो । खसी खानेलाई त खसि, तर मासुनै नखानेलाई फर्सिको ब्यबस्था छ कि छैन बरु त्यता शाहर तिर ?

    अर्को कुरो । नेपाली किलस्को शुल्क कती पर्ने होला ? मेरो स्तर अलि माथि नै पर्छ, त्यसैले माथिल्लो किलस्मा भर्ना पाइन्छ भन्ने आशा राख्दै आजलाई बिदा माग्दछु ।

    लौ त साथी हो सुकला होइबक्स्योस आज ।
    1/26/13

  • Bishnuhari Paudyal says:

    Dear Dr. Sunita and Rupakjee

    Namaskar,

    Pramila and Orisha both are having a high fever with flu like symptoms. I dont think it would be good idea to be in group, therefore I regret to inform you that we are not able to grab this great opportunity to enjoy with your good team. Thank you very much for your invitation and wish for grand success. Have a great day and night with much funnnnnnnnnnnnn………..(Smile).

    Bishnuhari and family
    1/26/13

  • Dhruba Khanal says:

    ओहो..मलाई त कहिले भोलि चार बज्ला जस्तो हुन थाल्यो…..

    छोएला कालो, कालो नै पानि
    सोच्दा खेरि नै, मुख भो रशानी
    धेरै त छैन अब कुरानी
    टपरी मा छोयेला अनि चिउरा खानी |

    1/26/13

  • रूपक अर्याल arupak says:

    छोएला र चिउरा साह्रै नै नरम
    चपाउनै पर्दैन तेती
    ४ बजे सिधै पाल्नुस
    दांतमा नलगाइ रेती

    फर्सि खानेलाई फर्सिको ब्यबस्था
    लौकी खानेलाई लौकी
    आउनु अगि फर्माइस गर्ने
    अरु कोही छौकि

    नेपाली सिक्ने भए
    बस्नु पर्छ घुंडा धसी
    यहाँ त कक्षा सित्तैमा हुन्छ
    दुई ट्वाक लगाएपछि

    1/26/13

  • santosh risal says:

    लौ है साथी भाई दिदी र बहिनी के हुने भो आज
    दिन गन्दा गन्दै घण्टा बाँकी भो, भेट हुने एही साँझ
    खाने र पिउने नाच गान गर्ने सबैको तयारी
    ढिलो मा गरे बात् हाम्रो लाग्ला चाँडै होश सवारि

    सबैले आफ्नो कला र गला साँचेर आउनु है
    यो कुनै रंग मन्च त होइन दील खोल्नु ढुक्क भैइ
    यस्तैमा हुन्छ चीन र जान सबैको पहिचान
    आग्रह मेरो येउटै मात्र बनोश यो अभियान

    नेपाली हामी देश छोडि आका चाहिन्छ समाज
    भन्दैमा तेसो सबैमा घुल्मिल मिल्दैन रवाज
    मलाई लाग्छ आजको जमघट साह्रैनै मिलेको
    सबैले मिली रमाइलो गरुँ अफुलाई फुरेको ..

    अस्तु
    1/26/13

  • Dhruba Khanal says:

    रमाइलो भयो अर्याल निबास मा छब्बिस जनबरी
    घोर्ले खसी छोयला, सोमरस कालो खाइयो पेटभरी |

    गीत र संगित ठोकेर मादल बेस्सरी नाचियो
    जानी नजानी जे पर्ला भनि कम्मरै भाचियो |

    बर्सेनि येस्तै रमाइलो संग मनाउन पाईयोस
    अर्याल निबास मा इश्वर को दृष्टि सधै नै छाइयोस |

    सम्झना स्वरूप खिचेको तस्बिर छ भित्र येही जालो
    छरेर मुस्कान पार्ने छन् यिन ले अनुहार उज्यालो |

    ध्रुब तथा सबिता खनाल
    पिस्कतावय, न्यु जर्सी
    1/27/13

  • santosh risal says:

    कसोरी पोख्नु हाम्रो यो उद्गार्
    खुशीको के सिमा
    सोचेको भन्दा दस गुना बढि
    रमाइलो त्यो दिन

    अर्याल खनाल जैसी र रिसाल
    बास्तोला लम्साल
    मिलेशी अरु के चाइयो हाम्लाई
    कार्यक्रम बिशाल

    खानु र नाच्नु कहाँ पो हुन्न
    साधारण कुरा त्यो
    अबिस्मरनिय जुन माहोल् जम्यो
    पाइन्दैन फेरी यो

    हाँस्दा मा हाँस्दै पेट साह्रै दुख्यो
    भनिथिन् उनिले
    कोही चाँही फेरी बलिन्द्र धारा
    हाँसोको आँशुले

    कसरी बताउ ती सबै कुरा
    लेखेर के सक्थेम
    फोटोले बोलिहाल्छ सब कथा
    फेश्बूक छ माध्यम्

    जे हुनु भयो टरेर गयो
    सम्झना छातीमा
    मुरी मुरी हाम्रो धन्यवाद छ है
    दाई र भाउजुमा

    अन्त्यमा मात्रै एउटा बिन्ती
    बिशाउन्छु हावैमा
    फेरी फेरी होवोश यो निर्मल जमघट
    पालो छ सबैमा

    जसले पैला म गर्छु भन्छ
    पुरस्कार उसैलाई
    कसैले पनि बोलेनन भने
    राख्ने छु अफैलाइ

    जय होश !!!!
    1/28/13

  • Deb P. Jaisi says:

    अर्याल जी,
    अनि सिलाल मित्र हरु,

    एक वा दुइ बिषयमा कुनै भेटघाट अविस्मरणीय हुनु स्वाभाविकै हो; तर सबै पछ्यमा उत्कृस्ट हुन भने सक्दैन भन्ने कहानी हामी सबै लाई थाहा छ ।
    यो बकयांश लाई सिधै उलंघन गर्ने भेटघाट को अयोजना को संयोजक र त्यो भन्दा पनि तेस्लाई कार्यनवयन गर्नु हुने अर्याल परिवार मा zillion धन्यवादहरु।
    उत्कृस्ट कलाकारहर हरु को उत्कृस्ट क्रियाकलाप, गाना -बजाना , नाच्न- नाचना, ‘यु नेम इट ‘ सबै अदितिय रहे- अर्को zillion धन्यवादहरु सबै लाल हरुलाइ ।

    न खान खाने मात्रा को सीमा रह्यो, न अभिनयको, न हाँस्ने को।
    1-2-3- अन्य मा यो माध्यम भयो अभिन्न मित्रता गाँस्ने को

    दिन दुगुना रात चौगुणा आयु बढ्दै जानेहरुको
    सबै दिलका मित्र कहलाउने हरु को।
    उही
    सी अफ सिलाल,
    हुकासिन, दिलवाले

    1/28/13

  • Robby Khanal says:

    रुपक जी एंड सुनिता जी,
    नमस्ते

    हिजो को तपाई हरु गर्नु भएको पार्टी एकदमै रमाइलो भयो. धेरै धेरै धन्यवाद छ. एस्तो पार्टी फेरि कहिले औअला भनेर फेरि पर्खेर बसी राख्ने छोव.
    ध्रुब जी, तस्बिर पोस्ट गर्नु भएको मा कुशी लग्यो. थान्क यू. राम्रो आयको राई छ……

    रबि एंड देबु खनाल
    देलावारे
    1/28/13

  • Shua Bastola says:

    Dear Subhrat, Munu and Rupak babu, we also want to thank you for the food, music, love and kindness you shared with us. The memories collected are immortal.
    Thank you much. Bastolas

    1/28/13

  • Dharmendra Khanal says:

    Sabai lay ramro kabita lekheko dekhayra ma auta suggestion dinchu.
    Next time kabita ko compitition garau!
    Dharmendra

    1/29/13

  • रूपक अर्याल arupak says:

    बटुलेम हाम्ले स्नेह , सदभाब , माया र ममता
    आइदिनु भयो , रमाइदिनु भयो देखेर समानता

    सबैको मन कस्तो एउटै, रमाइलो गर्न लाइ
    भएन उदास कसैको रुप समय टर्न लाइ

    यहाँहरु बिना कताको संम्भब , कार्यक्रम गर्न लाइ
    अरुलाई डाके नहुने यस्तो, रमाइलो भर्न लाइ

    धन्य छ सब लाइ दिनुभयो मौका अतिथि पुज्ने
    यहाँहरुलाई पनि समय मिल्यो घोर्ले लाइ लुछ्ने

    फर्सी खानेले पनीर चपाए , खसी खानेले घोर्ले
    सबैजना नाजबाफ भए, सीलालजी हरुको स्वोरले

    आउंदै गर्नुस समय मिलाई, बनाउन ठुलो जालो
    कुरी बस्छम कहिले आउला फेरि हाम्रो पालो

    भोज हुन्छन , नाचगान जम्छन , पाइन्न यहाँहरु जस्ता सब
    हामीत संधै जपेरै बस्छम , ” :: अतिथि देबो भब :: ”

    पुनश्च:
    खोजेपनि कतै भेटीं दैन कालो
    फोटो भरी उज्यालै उज्यालो
    थप दृश्य देखाउने अब हाम्रो पालो
    इ यहाँ नेर कोट्याउनुस पिकासाको जालो
    1/29/13

    https://picasaweb.google.com/106286906745068410828/January262013?authuser=0&feat=directlink

  • Shai Khanal says:

    Dhanyabad kabita for Aryal pariwar
    1/29/13

  • Dhruba Khanal says:

    Kabita khai ta Shai?

    /-D
    1/29/13

  • santosh risal says:

    Manmanai afai bhannu parne ho ki???
    1/29/13

  • Dhruba Khanal says:

    Testai lagyo malai ta!
    1/29/13

  • Shai Khanal says:

    अर्याल परिवारलाई धन्यवाद कविता कृपया सुनिदिनुहोला.‏

    1/30/13

  • रूपक अर्याल arupak says:

    “मार्किन युक्त राष्ट्र”, “अखल जैरी बा” भन्ने सब्द को अर्थ देब जी ले ठम्माइ सक्नु भएको छ |
    शैलेन्द्र जी को त्यो सब्द देखेर मलाइ नेपालमा पण्डितहरुले कानमा जनै हालेर बोल्ने संस्कृत श्लोक को याद आयो

    देदेसुसु शसंऋध्रु !
    सशैशो स: सुसुधरु !!

    अमेरिकाका पण्डितहरुले यसको अर्थ पक्कै पनि पत्ता लगाउनु हुन्छ होला |
    1/30/13

  • Shai Khanal says:

    रुपक्जी,
    तपाईंले लेख्नु भाको शिलोकमा अन्तिम लाइन छुटेको रहेछ, तल लेखेको छु है?

    श्री सुप्रम ओ सुप्रस!

    हस्त नमस्कार।
    शै
    1/30/13

  • Dhruba Khanal says:

    दिन भरि कार्यालय मा बसेर काम नगरी नगरी पत्तो लगाउन खोजेको..केहि सिप लागेन!
    1/30/13

  • santosh risal says:

    यो कुनै नेपालको जातिय भाषा हुनु पर्छ, नेपाली त पक्कै होइन। येदि हो भने, नेपाली भाषा को तेस् प्रान्त बारे म अन्जान रहेछु- चांडै गुरु थाप्न पाउन।
    पास्चिमेलि भाषा हुन सक्ने सम्भावना छ???
    1/30/13

  • रूपक अर्याल arupak says:

    सर्ब प्रथम शैलेन्द्र जी लाइ मुरी मुरी धन्यबाद
    राम्रो कबिताको लागी

    श्रध्येय मित्र बर्गहरुमा एउटा कुराको बहस चलाउन मन लाग्यो ।
    मैले अनलाइन प्रोफेसर गुगल लाइ पनि सोधें पत्तो लागेन
    यत्र तत्र परायत्न गारे सफल भएन

    शैलेन्द्र जी को बाक्य “अखल जैरी बा” अनि
    मार्किन युक्त राष्ट्र, भन्ने सब्द को अर्थ के रहेछ
    कसैले भेउ पाउनु भएको छ की ?
    मैले यसो आनाकानी तन्काए र अडकल त अज्माएकोछु तर
    मेरो मन्तब्य पछि राखुं ला

    जानकारीको लागी शैलेन्द्र जी को हस्ताक्षर नत्थी गरेको छू

    रूपक
    photo
    1/30/13

  • Deb P. Jaisi says:

    रुपक जी
    सिलाल भने जस्तै तर नेपाली थर हरु = अर्याल, खनाल, ……..बास्तोला = अखल जैरी बा
    मर्किन युक्त राष्ट्र = यो संयुक्त राज्य अमेरिका को पूर्व coast भने जस्तो लार्ग्छ।

    Deb
    1/30/13

  • रूपक अर्याल arupak says:

    देब जी त्यही नै हो शैलेन्द्र जी संग कुरा भैसकेको छ । यसै ग्रुप मा राखिदिएको
    1/30/13

  • Deb P. Jaisi says:

    रुपक जी

    तेही त- मैले पनि तेही सोचेको थिँ ए। तर बुझिन इमेल को शारीरिक भाषा।
    सैलेन्द्र जी लाई अर्को पुरस्कार को लागी योग्य हुनुहुन्छ – म धेरै प्रभावित् छु।

    जै अफ “अखल जैरी बा”
    हुकसिन, दिलवा
    1/30/13

  • santosh risal says:

    अन्तिम हाँसो‏ , “चीन नेपाल हाउभाउ बार्ता”

    भुकम्प हाँसो – अब फेरी एक्पल्ट हाँसुन
    गएको हप्ताको ह्याङोभर् – अब फेरी हाँस्ने पालो

    भिडियो खिच्ने मान्छे धेरैनै हाँसेर, सानो तिनो भुइचालो आएको प्रस्ट देखिन्छ, कृपया धैर्य पूर्वक हेर्नुहोला .
    अफु पनि सँग-सँगै हल्लिएर हेरे शायद ब्यालन्स् मील्दो हो ………
    भिडिओ हेर्नमा कुनै तकलिफ परे तलको लिंक् लाई कपि पेस्ट गर्नुहोला

    http://youtu.be/YMlyHz9Dggk

    “कृपया हाम्रो कपि राईट को ख्याल राखी गोप्यता को कदर गरिदिनु होला”

    शुभ शुक्रबार…
    “संतोशम् परमम् सुखम् ”
    2/01/13

  • shua bastola says:

    Let it be the beginning of the end but not the end in itself…continue….
    2/01/13

  • रूपक अर्याल arupak says:

    संस्कृतमा त हाँसेर कोहिनी भुतुक्क भएनन त, एक जना पण्डितले मात्र जानकारी राख्नु भयो, अरु त जिल्ला राम!

    देदेसुसु शसंऋध्रु !
    सशैशो स: सुसुधरु !!

    नेपालीमा उल्था गर्दा यस्तो हुन्छ

    लगुसंज्ञा गर्न संबृद्ध हुनु |
    कसैलाई नसोध्नु खुरु खुरु गर्नु ||

    फेरी लगुसंज्ञा भनेको के भनेर सोध्नु होलानी ?

    कुनै पण्डित जिग्याँसु बन्नु हुन्छकी यसपाली

    ” भिडियोको त कुरै नगरौं हाँसदा हाँस्दै हालत खराब ”
    2/02/13

  • Dhruba Khanal says:

    विडियो हेरेर त निक्कै हासियो ….तर यो कान मा जनै भिरेर स्लोक पड्दै लागु संज्ञा गर्ने सिलसिला कहाँ बाट जोडियो भन्ने कुरो नबुझेर नहासेको |

    सुखी बिशाल कचौरा |
    2/03/13

  • santosh risal says:

    “नजाने गाउँ को बाटै नसोध्नु” भन्ने उखान लाई ध्यान मा राखेर केही नलेखेको ठिकै गरेछु – म त त्यो सँस्क्रीत शब्द पढ्दा कुन चाँही भगवान को मन्त्र होला भन्ठानेको थिए, तेही भएर चुप्प लागेको – अर्थ त दरै मन्त्रको रहेछ, भबिस्येमा कुनै दीन बार मा काम लग्ला??
    अब पालो अझै बाँकी छ – “अखल जैरी बा” र “मार्किन युक्त राष्ट्र” अर्थ को पर्दा फास गर्ने। येस्को चाँडै नै टुँगो लगाउन पाएदेखी मनको खुल्दुली बाट पार पाइन्थ्यो र अरु नयाँ भाब का सिर्जना हुन्थे कि??

    बेला हुनै लाग्यो, “सुखी बिशाल कचौरा” मा मेरो पनि पुरै सहमति छ.
    2/03/13

  • रूपक अर्याल arupak says:

    पर्दाफास
    “मार्किन युक्त राष्ट्र”, “अखल जैरी बा”
    तथा
    देदेसुसु शसंऋध्रु !
    सशैशो स: सुसुधरु !!

    प्रसुशा ओ प्रसुसम !!!

    इ दुबै आगन्तुक सब्दहरु हुन् नेपाली साहित्यमा , इ सब्दहरु प्राचिन कालमा प्रख्यात ब्राम्हण तथा छेत्रीका थरको अघिल्लो अक्षर तथा नामका अघिल्लो अक्षर निकालेर बाल्मिकी ऋषि ले बनाएकाहुन ।

    अखल जैरी बा मा पर्ने भाग्यमानी थरहरु हुन :

    अर्याल, खनाल , लमंसाल , जैसी , रिसाल , बास्तोला

    देदेसुसु शसंऋध्रु ! सशैशो स: सुसुधरु !! मा पर्ने भाग्यमानी नामहरु हुन:
    देब , देबु , सुनिता , शन्तोस , संजय , ऋचा , ध्रुब , सबिता , शैलेन्द्र , शोभु , सत्रुघन, सुजया, धर्मेन्द्र, रूपक
    अनी तेस्तै

    ” प्रसुशा ओ प्रसुसम”

    पर्ने नाम आफै पत्ता लगाउनुस

    “मार्किन युक्त राष्ट्र” भनेको : संयुक्त रास्ट्र अमेरिका भन्ने जनाउँछ बिभिन्न भाषा मा

    ” पुर्बी तटैमा” : भनेको चाहिं इष्ट कोस्ट हो

    सबै भाषा बिदहरुको जय होस्
    ह्याप्पी सुपर बोल
    2/03/13

  • Shai Khanal says:

    धन्यवाद छ रुपक्जीलाई पर्दफास गरिदिनु भएकोमा।

    ह्यापी भब्य कचौरा।

    शैलेन्द्रु

    2/04/13

Leave a Reply to Santosh Risal Cancel reply