अखल जैरिबा गाइ जात्रा रसिक २०७०

अ ख ल जै रि बा  गाइ जात्रा रसिक २०७० , अब एकछिन हाँस्ने, हँसाउने पालो , आफ्नो गाइजात्रा भए पठाई हाल्नुस अरुलाई हँसाउन gaijaatra

Categories: Uncategorized

3 Comments

  • जिते सरिक says:

    १. महिला -: यो तपाईले कस्तो खाट बनाइ दिएको ? पर बाट ट्रेन हिंड्दा पनि डगमग डगमग हल्लिन्छ !
    सिकर्मी -: त्यत्ति कम्जोर त नहुनु पर्ने !
    महिला -: नपत्याए खाटमा पल्टिनुस त ! अहिले ३:३० को ट्रेन आउनै लाग्यो ! आफैं अनुभव गर्नुस् !
    सिकर्मी गएर खाटमा पल्ट्यो ! त्यत्ति बेलै महिलाको श्रीमान कोठामा छिर्यो ! अपरिचित व्यक्ति आफ्नो खाटमा सुतिरहेको देखेर कड्केर भन्यो -: के हो यस्तो ? के हुँदैछ यहाँ ? महिला केहि बोल्नु अगाडी नै सिकर्मी डराएर जुरुक्क उठ्यो र भन्यो -: केहि होइन हजुर ! म त ३:३० बजेको ट्रेन कुरेर बसेको !!!

    २. एकजना रक्सी विशेषज्ञ बारमा गएर वेटरलाई भन्यो ” मलाई सन् १९५५ को GASPARA CHAMBERTEEN ल्याऊ !” वेटरले एउटा बोतल ल्याएर दियो ! उसले अलिकति चाखेर भन्यो ” भाई ! मलाई १९५५ को चाहिन्थ्यो, तिमीले १९५४ को ल्यायौ !” वेटरले अर्को बोतल ल्याएर दियो ! उसले फेरी अलिकति चाखेर भन्यो ” भाई यो त १९५६ को पो हो ! ” वेटरले फेरि अर्को बोतल दियो ! उसले फेरी अलिकति चाखेर झर्को मान्दै भन्यो ” छैन भने छैन भनन ….किन यो १९५७ को ल्याएर झुक्याउन खोजेको ! ” संगैको मेचमा बसेर यो सबै हेरिरहेको एउटा जंड्याहाले आफ्नो गिलास उठाएर त्यो विशेषज्ञको नजिक आयो र आफ्नो गिलास पेस गर्दै भन्यो ” यो एकपल्ट चाखेर हेर्नुस त ! ” विशेषज्ञले चाख्यो र मुख बिगार्दै भन्यो ” छ्या …यो त पिसाब हो ! ”
    ” बिल्कुल ठिक ” जंड्याहाले प्रशंसात्मक स्वरमा भन्यो ” लौ ! अब मेरो उमेर बताउनुस त !

    ३ . एकजना डाक्टरलाई आफ्नो रेगुलर पेशेंटको घरबाट फोन आयो घरको नोकर्नी बिरामी छ भनेर ! डाक्टर त्यो घरमा पुग्यो र बिरामी नोकर्नीको कोठामा गयो ! नोकर्नी खाटमा पल्टेर बसेकी थिई ! डाक्टरले जाँच्न लाग्दा नोकर्निले भनि – ” म बिरामी/सिरामी केहि होइन डाक्टरसाप ! यी मालिकहरुले मेरो चार महिनाको तलब दिएका छैनन् ! त्यसैले म त कामकाजबाट हड्ताल गरेर यहाँ पल्टेर बसेकी ! जब सम्मन यिनीहरुले मेरो तलब दिंदैनन, म यहाँ बाट उठ्नेवाला छैन ! ” – ” ओहो ! कुरा यस्तो पो ! ” डाक्टरले भन्यो – ” राम्रो तरिका निकाल्यौ तिमीले ! यिनीहरुले त मेरो पनि छ महिना देखिको बिलको पैसा तिरेका छैनन् ” — डाक्टरले आफ्नो कोट फुकालेर फाल्यो र टाईको गाँठो खुकुलो बनाउंदै भन्यो -“खै ! अलि पर सर ! मलाई पनि सुत्न देउ ! “

  • मुन्द्रे राजा says:

    १. तिज को दर खाएर बेस्सरी मोटाएकि श्रीमतिले श्रीमान लाइ भन्छिन, ए हजुर दर खाँदा खाँदा यस्तरी मोटाइयो अब एउटा फिटनेस मेसिन किनीदिस्योसन

    २. टाउको फुटेको पत्रकारको घाउ देखाउंदै अर्कोले सोद्छ के भयो ? पत्रकारले भन्छ राम्री मोडेल केटिको फोटो खिचेको ढुंगाले हानेर टाउको फुटाईदिइ ,
    आर्को : धत तेत्रो संमान गरेर फोटो खिच्दा नि कसैले ढुंगा ले हान्छ वाहियात
    पत्रकार : साँचो कुरा हो यो , केटि नुहाउँदै थिइ

    ३. नाइनटिन क्वानटिजको पुरानो क्यामरा थमाउंदै आफ्नो केटालाइ केटिले भन्छे मेरो एउटा यान्टिक फोटो निकाली देउत
    केटा : क्यामरा तेर्साउंदै, एस्लेत तिम्रो फोटो सार्है झिर झिर र थर थर कामेको आउँछ
    केटि : एसो बुस्टर र एन्टेना चलाएर भएनी फोटो त् राम्रो निकाली देउन भाइ छ्या तिमीत

  • रातो भाले says:

    टन्न दर खाएर पल्टिएकी स्वास्नि देखेर डाडले लोग्ने चाँही अनेक निहु खोजी रहन्दो रहेछ;
    श्रीमती: तिमी मलाई धेरै रिस नउठाउ त, मेरो दिमागमा आगो बलेको छ आज
    श्रीमान: ए, तेही भएर होला, आज बिहानैदेखि गुईँठा बालेको गन्ध आएको

    स्वास्नि पनि के काम थीयि र?

    लोग्ने श्रीमतीसंग : हेरन, छोराले गधा चढ्छु, गधा चढ्छु भनेर हैरान पारिसक्यो ।
    श्रीमती: के भो त नि, एकछिन काँधमा बोके हुन्न त ?

Leave a Reply to रातो भाले Cancel reply